विप्लव नेतृत्वको नेकपाका एक दर्जन नेताकार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

नवलपुर टुडे
२०७९ भदौ १८ | मध्यान्ह ०४:०५ बजे

काठमाडौं, भदौ १८ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक दर्जन नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराएका हुन् ।
नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द्र सुनार, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरका जिल्ला अध्यक्ष कल्पना परियार, नेकपा काठमाडौं-कञ्चनपुर सम्पर्क मञ्चका अध्यक्ष दीपेश नागरी र मञ्चका सचिव राधव परियारलगायत नेपाली कांग्रेसका प्रवेश गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकको पहलमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।






















