नेपालमा प्रचलित १२३ भाषालाई समान अधिकार नदिएकाे भन्दै गरिएकाे नग्न प्रदर्शनमा “बिकेन लिम्भु” पक्राउ


काठमाण्डाै । ब्राम्हणबादी शासन सत्ताले देशमा रहेकाे सबै भाषा, धर्म, जातजाति, वर्ग सम्प्रदायलाई सम्मान व्यवहार नगरेकाे र उनिहरुकाे आ-आफ्नाे धार्मिक तथा भाषिकतालाई राज्यले गर्नुपर्ने आर्थिक पाटाेहरुमा विभेद गरेकाे भन्दै बिभिन्न समयमा नग्न प्रदर्शन गर्दै आएकाे “बिकेन लिम्बु” लाई फेरि एकपटक उनकाे जायज मागकाे दमन गरेकाे छ ।

२०७४ भदाै १ गते मुलुकी ऐनमा ताेकिएकाे बिभेदकारी कानुनकाे बिरुद्द सिंहदरबार अगाडिकाे नग्न प्रदर्शनमा पहिलाे पटक पक्राउ परेकाे लिम्बु मंगोल नेशनल अर्गनाइजेशन -डा.गोपाल गुरुङ संगठनको चर्को बिरोध पछि केही दिनमै छुटेकाे थियाे ।
२०७४ कै तिजमा ब्राम्हणबादी नारीहरुकाे चार्ड “तिज” काे लागि हिन्दु नारीहरुकाे लागि मात्र बजेट छुट्याएकाे हुनाले साे काे बिराेधमा भद्रपुर न/पा झापा मा न/पा काे अगाडि गरेकाे नग्न प्रदर्शनमा पनि लिम्बु दाेश्राे पटक पक्राउपरेकाे थियाे ।
उक्त प्रदर्शनकाे बेला नगरप्रमुखले २ लाख बजेट मंगाेल मुलबासीहरुकाे लागि पनि भनेर संयुक्तरुपमा छुट्याए पछि लिम्बुले प्रदर्शनकाे कार्यक्रम बन्द गरेकाे थियाे ।त्यसैगरी २०७५ १ र २ मा पनि सरकारले गरेकाे बिभेदकाे बिरुद्दमा ठाउँ ठाउँमा नग्न जुलुस गर्ने कार्यभने जारी राखेकाे थियाे ।
पछिल्लाे समय २०७७ फागुन ९ मा फेरि सिंहदरबार अगाडि नग्न प्रदर्शन गर्दा उनी पक्राउ परेकाे हो ।
नेपालमा संस्कृत भाषा र ब्राम्हणवादलाई मात्र सरकारले प्राथमिकता दिएकाे र अन्य भाषा र धर्मलाई संरक्षण नगरेकोमा उनले साे प्रदर्शन गरेकाे नवलपुर टुडे सँग बताए ।
नेपालमा रहेकाे १२६ भाषा नै संस्कृत भाषालाई जस्तै ब्यबहारमा लागु गर्नु पर्ने, स्कुल कलेज तथा बिश्वबिद्यालयहरुमा भाषिक शिक्षाकाे रुपमा तथा मातृभाषालाई प्रशासनिक क्षेत्रमा लागु गर्नु पर्ने उनकाे माग लाई सरकारले बेवास्ता गरेकाे उनकाे भनाई छ ।
फागुन ९ मा पक्राउ परेकाे लिम्बुकाे आजकाे दिनसम्म पनि रिहाई किन नगरिएकाे भन्ने सन्दर्भ मा “बिकेन लिम्भु” रिहाई संघर्ष समितिकाे तर्फबाट आङ्काजी शेर्पा तथा कानुनबिदहरुकाे एक टाेलि आज दिँउसाे ४ बजे महानगरिय प्रहरी सिंहदरबार गएर विशेष छलफल गरिने शेर्पाले नवलपुर टुडे सँग बताए ।






















