लाज, घिन र नैतिकता भए राजिनामा दिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव

नवलपुर टुडे

काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसलाको विभिन्न राजनीतिक दलहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली पक्ष बाहेक अन्य दलहरुले फैसलाको स्वागत गरेका हुन । उनीहरुले सर्वोच्चले संविधानको रक्षा गरेको र देशलाई राजनीतिक दूर्घटनामा पर्नबाट जोगाएको प्रतिक्रिया दिएका छन् ।
नेकपा दाहाल–नेपाल समूहमा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चको फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको बताउनुभएको छ । चितवनमा रहेका दाहालले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिन सुझाव दिएका छ ।
प्रधानमन्त्री ओलीमा अलिकति पनि लाज, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिन दाहालले सुझाव दिनुभएको छ । यसैगरी, नेकपाकै अर्का अध्यक्ष माधबकुमार नेपालले सर्वोच्चको फैसलाले लोकतन्त्रको र नेपाली जनताको जित भएको बताउनुभएको छ ।
अदालतले लोकतन्त्रको जित गराएको उहाँको प्रतिक्रिया छ । चितवनमै रहेका नेता नेपाल र दाहालले फैसला पछि एक अर्कालाई लड्डु खुवाएर खुशी समेत साटासाट गर्नुभएको छ । सम्मानित अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै, प्रचण्डले देशैभरी जो जहाँ रहन्छ खुशियाली मनाउने समेत आह्वान गर्नुभएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















