लाज, घिन र नैतिकता भए राजिनामा दिन प्रधानमन्त्री ओलीलाई प्रचण्डको सुझाव


काठमाडौं । प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसलाको विभिन्न राजनीतिक दलहरुले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली पक्ष बाहेक अन्य दलहरुले फैसलाको स्वागत गरेका हुन । उनीहरुले सर्वोच्चले संविधानको रक्षा गरेको र देशलाई राजनीतिक दूर्घटनामा पर्नबाट जोगाएको प्रतिक्रिया दिएका छन् ।
नेकपा दाहाल–नेपाल समूहमा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चको फैसलाले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको बताउनुभएको छ । चितवनमा रहेका दाहालले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिन सुझाव दिएका छ ।
प्रधानमन्त्री ओलीमा अलिकति पनि लाज, अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिन दाहालले सुझाव दिनुभएको छ । यसैगरी, नेकपाकै अर्का अध्यक्ष माधबकुमार नेपालले सर्वोच्चको फैसलाले लोकतन्त्रको र नेपाली जनताको जित भएको बताउनुभएको छ ।
अदालतले लोकतन्त्रको जित गराएको उहाँको प्रतिक्रिया छ । चितवनमै रहेका नेता नेपाल र दाहालले फैसला पछि एक अर्कालाई लड्डु खुवाएर खुशी समेत साटासाट गर्नुभएको छ । सम्मानित अदालतले जनताको पक्षमा फैसला गरेको भन्दै, प्रचण्डले देशैभरी जो जहाँ रहन्छ खुशियाली मनाउने समेत आह्वान गर्नुभएको छ ।























