मुख्य समाचार

हवाई भाडा बढ्यो, कहाँको कति ? (सूचीसहित)

नवलपुर टुडे
२०७९ असार ६ | मध्यान्ह ०५:०३ बजे

बुटवल, असार ६ । नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडादर वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेसँगै हवाई सञ्चालक संघले बुधबारदेखि लागु हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको हो ।

निगमले हवाई इन्धनको मूल्य पनि समायोजन हुने बताएको थियो । मूल्य समायोजनसँगै संघले सोमबार एक सूचना जारी गर्दै आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको हो ।

नयाँ भाडादर अनुसार भरतपुरबाट काठमाडौंको हवाई भाडा २ सय रुपैंया बढेको र काठमाडौंदेखि भद्रपुरको भाडा ५७० रुपैयाँले बढेको छ । यस्तै काठमाडौं-विराटनगर ४५५, काठमाडौं-धनगढी ८४० र काठमाडौं-पोखरा ३०० रूपैयाँले भाडा बढेको छ ।

आइतबार नेपाल आयाल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्य समेत प्रतिलिटर १९ रुपैयाँले बढाएको थियो ।

photo 2022 06 20 17 43 37

कमेन्टहरु