रुपन्देहीको तिलोत्तमास्थित बिगचियर रिसोर्टको स्विमिङ पुलमा डुबेर एक शिक्षकको मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ ३१ | मध्यान्ह ०२:०२ बजे

बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक रिसोर्टको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–१ शंकरनगरका ३० बर्षिय सन्दिप रहेको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालिकाको बिगचियर रिसोर्टमा रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर न्यु लाइट बोर्डिङ स्कुलका शिक्षक सन्दिप पौड्यालको मृत्यु भएको हो ।
सन्दिप पौड्याल सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए। उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए।























