पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई पुरुषको शव फेला

नवलपुर टुडे
२०७९ जेष्ठ २७ | बिहान ०९:०२ बजे

तनुहँ, जेठ २७ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । मृतक दुवैको सनाखत हुन नसकेको उनले बताए । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उनले भने, ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।’
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएर राजमार्ग अवरुद्ध बनेको छ । सडकको भाग तलबाट भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।























