मेलम्ची खाेलामा गएराति आएकाे बाढीले अस्थायी पुलमा क्षति

नवलपुर टुडे


काठमाडौ । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकको मेलम्ची खाेला आसपास क्षेत्र प्रभावित हुन थालेको छ। गएराति ठूलाे वर्षापछि मेलम्ची खाेलामा आएकाे बाढीले अस्थायी संरचनामा क्षति पुर्याएकाे छ ।
गएरातिको बाढीले मेलम्ची नगरपालिका-७ र ११ जाेड्ने फट्टेमा रहेकाे अस्थायी ह्युम पाइप कल्भर्टमा क्षति पुर्याएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । यातायात आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्न मेलम्ची नगरपालिकाले अनुरोध गरेको छ ।
‘गएरातिको वर्षाको कारण खाेलाको बहाव बढ्दा मेलम्ची बजारमा रहेको र फट्टेमा रहेको अस्थायी ह्युमपाइप कल्भर्टमा क्षति पुगेको छ । यातायात आवतजावतमा वैकल्पिक मार्ग प्रयोग गर्नु हुन सम्पूर्णमा अनुरोध छ’ मेलम्ची नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले भन्नुभयो ।
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले फट्टेको ह्युमपाइप मर्मत गरेर एक हप्ता सञ्चालनमा ल्याइने बताउनु भयाे । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले बताउनुभयो।
फट्टे पुलमा क्षति पुग्दा पाँचपोखरी थाङ्पाल गाउँपालिका, इन्द्रावती गाउँपालिका र मेलम्चीका २ वटा वडाकाे आवतजावत प्रभावित भएकाे छ ।

तथ्याङ्कमा बुझ्नुहोस् यी पक्ष : ट्रम्पप्रति कसरी अमेरिकी जनताले पिठ्युँ फर्काए ?

चिनियाँ अन्तरिक्ष स्टेसन पुग्ने पहिलो विदेशी नागरिक बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

नवलपरासीमा २० बर्षदेखि फरार कर्तब्य मुद्दाका प्रतिबादी पक्राउ

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ : प्रदेश प्रमुख देवकोटा

पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ : महामन्त्री सङ्ग्रौला
अरुपनि पढ्नुहोस
सबै
वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था : मुख्यमन्त्री कार्की

देउसी–भैलोबाट संकलित रकम सामाजिक कार्यमा – होस्टल व्यवसायी संघ

काग तिहार : कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो
















