नवलपरासीमा कार्यरत पत्रकार रुखबाट लडेर मृत्यु

नवलपुर टुडे
२०७९ जेष्ठ २५ | बिहान ०७:०२ बजे

नवलपरासी । नवलपरासीमा कार्यरत एक जना पत्रकार घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको छ। ज्यान गुमाउनेमा धुर्कोट गाउँपालिका – ४ जैसीथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो।
पोखरेल गाउँमा जादा आफ्नो घरभन्दा केही तल दिउँसो २ बजे घाँस काट्ने क्रममा आँपको रूखबाट लडेर घाईते भएका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
उनी नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेज तथा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष थिए। उनी भेटघाटका लागि पाँच दिनअघि पोख्रेल घर आएका थिए।
उनको मृत्युपछि पत्रकार महासंघ नवलपरासीले विज्ञप्ती जारी गरि शोक तथा श्रद्धाञ्जली ब्यक्त गरेको छ ।
























