मुख्य समाचार

फोहोर व्यवस्थापनमा स्थानीयको अवरोधपछि प्रहरी परिचालन, बञ्‍चरे डाँडाबाट १४ जना पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ २४ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ २४ । काठमाडौंको फोहोर व्यवस्थापनमा बञ्चरडाँडाका स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि आज फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरिएको हो ।

स्थानीयले बन्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने भन्दै बिहानैदेखि धर्नामा बसेका थिए । प्रहरीले फोहोरका गाडी रोक्ने संघर्ष समितिका संयोजकसहित १४ जना स्थानीयलाई नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त बालाजुका डीएसपी गौतम मिश्रले १४ जनालाई ‘होल्ड’ गरिएको छ । उनले भने, ‘फोहोर व्यवस्थापन भइरहेको छ । अवरोध सृजना गर्ने १४ जनालाई होल्ड गरेका छौं ।’

काठमाडौं महानगरका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा सहयोग गर्न नगरबासीसँग आग्रह गरेका थिए । उनले अबदेखि कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याइ दिन आग्रह गरेका हुन् ।

कमेन्टहरु