राजनीति

उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष बन्टी सरदारसहित अन्य कार्यकर्ता एमालेमा प्रवेश

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | मध्यान्ह ०८:११ बजे

कपिलवस्तु, फागुन ३ । नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्री गुरु शरण सिंह (बन्टि सरदार) आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गरेका छन् ।

एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य तथा चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह, आत्मजीत सिंह, राम चन्द्र जयसवाललगायत एमालेमा प्रवेश गरेको नेता बन्टिले जानकारी दिए । आज उनीहरुसगैं नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

नेकपा एसका जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई , सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिए । नेकपा एमालेमा आज प्रवेश गरेका नेता बन्टी सरदारले आउदो स्थानीय चुनावमा नगर कमिटी तथा पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने बताए ।

आउने समयमा कृष्णनगर क्षेत्रका अन्य चर्चित नेताहरू समेत नेकपा एमालेमा प्रवेश गर्ने सचिवालय सदस्य मिर्जा राशिद वेगले बताए ।

कमेन्टहरु