राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

जगत ठाडा मगर
२०७८ फाल्गुन ३ | बिहान ०७:११ बजे

काठमाडौं, फगुन ३ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

माघ २८ गतेदेखि जारी बैठकमा आज विशेषगरी म्याद सकिएका कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरूका विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै आसन्न स्थानीय तह निर्वाचन, महाअभियोग प्रस्ताव, अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी लगायत विषयमा छलफल हुनेछ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

कमेन्टहरु