कांग्रेसले बोलायो संसदीय दलको बैठक

जगत ठाडा मगर
२०७८ फाल्गुन २ | मध्यान्ह ०१:११ बजे

काठमाडौं, फागुन २ । सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
भोलि (मंगलबार) बिहान ९ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बैठक तय गरिएको हो ।
बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव र संसद्मा विचाराधीन विभिन्न विधेयकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल हुने बताइएको छ ।






















