स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णय

जगत ठाडा मगर
२०७८ माघ २४ | मध्यान्ह ०४:१० बजे

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले सोही दिन निर्वाचनको मिति तोकेको एक मन्त्रीले बताए ।
उनका अनुसार ७५३ वटै स्थानीय तहमा एकैपटकमा निर्वाचन हुनेछ । यसअघि निर्वाचन आयोगले जेठ ४ भित्र निर्वाचन गर्न सकिने भन्दै सरकारलाई प्रस्ताव गरेको थियो । सत्तारुढ गठबन्धनमा स्थानीय निर्वाचन पहिले गर्ने की प्रतिनिधिसभा निर्वाचन पहिले गर्ने भन्ने विषयमा मतभेद रहेको थियो ।
निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब बढ्दै गएपछि गठबन्धनका नेताहरु जेठ महिनाभित्र नै निर्वाचन गर्ने विषयमा एकमत भएका हुन् ।






















