एनआईसी एशिया बैंकद्वारा बाजुराको जनता माविका विद्यार्थीलाई पोशाक सहयोग

नवलपुर टुडे

सारांश
- एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराको जनता माध्यमिक विद्यालयलाई विद्यालय पोशाक सहयोग गरेको छ।
- दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई पठनपाठनमा सहजता र गुणस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त पोशाक वितरण गरिएको हो।
- विद्यालयमा आयोजित एक कार्यक्रमका बीच बैंकका शाखा प्रमुखले प्रधानाध्यापकलाई विद्यार्थीहरूको लागि सो सामग्री हस्तान्तरण गरेका छन्।

बाजुरा। एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत बाजुराको हिमाली गाउँपालिका–०७, बाँधुस्थित श्री जनता माध्यमिक विद्यालयलाई विशेष सहयोग प्रदान गरेको छ।
दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयमा पठनपाठनलाई सघाउँदै गुणस्तरीय शिक्षा प्राप्त गर्न अझ सहज होस् भन्ने उद्देश्यले बैंकले विद्यार्थीहरूका लागि विद्यालय पोशाक उपलब्ध गराएको हो।
१ सय २७ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा गत मंसिर ४ गते आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका बाजुरा शाखा प्रमुख राम बहादुर बुढाले विद्यालयका प्रधानाध्यापक मोहनजंग शाहीलाई पोशाक हस्तान्तरण गरे।
बैंकले उपलब्ध गराएको यस सहयोगले दुर्गम क्षेत्रका विद्यार्थीहरूको पठनपाठनमा सहजता आउनुका साथै गुणस्तरीय शिक्षा हासिल गर्न मद्दत पुग्ने विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्विस कूटनीतिक अधिकारीलाई उत्तर कोरिया छाड्न आदेश

हिमालको काखमा मुस्कुराउँछ लाङ्टाङ, अभाव र पीडासँग जुध्दैछन् स्थानीय

युक्रेन युद्धमा पाँच लाख रुसी सैनिकको मृत्यु

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
अरुपनि पढ्नुहोस
सबै
म्याग्दीमा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय स्थापना

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

तराईसहित यी स्थानमा आज लाग्नेछ हुस्सु र कुहिरो

कैलालीमा १५ हजार ८५२ क्विन्टल धान खरिद, कञ्चनपुरमा कोटा बढाउन माग
















