Opens in a new tab

आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी–२०८३

याम बहादुर थापा मगर

29Shares
dida bag ad

 

याम बहादुर थापा मगर

बागलुङ

८ मसिर २०८३

मगर प्राज्ञिक परिषद (नेपाल मगर संघको विधान बमोजिम गठित)द्वारा मिति २०८३ मंसीर ४ र ५ गते आयोजना गरेको आदिवासी मगर प्राज्ञिक सङ्गोष्ठी–२०८३ (Academic Conference on Magar IPs– 2026) आदिवासी जनजाति आयोगको सभाहल, हरिहरभवन, ललितपुरमा सम्पन्न भएको छ । यस सङ्गोष्ठीमा सहकार्य गर्नुहुने आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान काठमाडौसग सहकार्य गरिएको छ । उद्घाटन शत्रमा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थीत हुनभएका मा. राम बहादुर थापामगर (अध्यक्ष, आदिवासी जनजाति आयोग), आयोगका माननिय सदस्यहरु मा. सुर्य बहादुर गुरुङ, मा. शरण राई, मा. रिना रानामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान का नि. प्रमुख रामकुमार मादेन, श्री भगिराज इङ्नाम (अध्यक्ष, लिम्बुवान अध्ययन केन्द्र, किरात याक्थुङ चुम्लुङ), डा. टेक बहादुर गुरुङ (सह–संयोजक, गुरुङ प्राज्ञिक समिति, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, काठमाडौं), किरणबाबु पुनमगर, महाप्रबन्धक, साँस्कृतिक संस्थान, जमल काठमाडौं), नेपाल मगर संघ केन्द्रीय अध्यक्ष रक्ष बहादुर रैकामगर, वरिष्ठ उपाध्यक्ष टेक बहादुर नामजाली, महासचिव होमराज खपाङ्गी लगायत मगर संघको टीम, वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर (सल्लाहाकार), रत्न रानामगर (सल्लाहाकार) नेपाल मगर संघका भातृसंस्थाका अध्यक्ष एवं पदाधीकारीहरु, मगर आदिवासी प्राज्ञिक प्रतिष्ठान र मगर अध्ययन केन्द्रका पदाधीकारीहरुको गरिमाय उपस्थीती रहेको थियो ।

 

“मगरहरुको शैक्षिक अवस्था र शैक्षिक सुधारका उपायहरु” शिर्षकमा विद्वत प्रवचन दिनुहुने प्रा.डा. चित्र बहादुर बुढाथोकीमगर, निवर्तमान डीन, त्रिभुवन विश्वविद्यालय ), पहिलो शत्रमा भएको शोधपत्र प्रस्तुती शत्रको शत्राध्यक्ष गरिदिनुहुने डा. तिलु थापामगर र शोधपत्र प्रस्तुती गर्नुहुने डा. लाल बहादुर पुनमगर, डा. कमल थापामगर, याम बहादुर थापामगर बागलुका नवलपुर टुडे अनलाइन बुटवलका स्तम्भकार, तारा रानामगर, गोपाल रानामगर तथा सो शत्रमा सहभागीता र अनुसन्धानमुलक शोधपत्र प्रस्तुत गर्नुभएको थियो । यसै गरी प्रथम दिनको “आदिवासी मगर पहिचान के हो ?” भन्ने शिषकमा समुहगत छलफलका प्यानलिष्ट नविन रोकामागर,डा. तारामणी राई, प्रा.डा. बालकृष्ण माबुहाङ, मा. सुरेश आलेमगर र सहजकर्ता सह–प्रा.डा. छविलाल चिदीमगरले गर्नुभएको थियो ।

दोस्रो दिनको पहिलो शत्रमा भएको “आदिवासी मगर सम्बन्धी अध्ययनका लागि अध्ययन विधीहरु र अध्ययनका क्षेत्रहरु” शिर्षकमा भएको समुहगत छलफलका प्यानलिष्टहरु डा. लाल बहादुर पुनमगर, डा. उमेद पुनगमर, डा. कर्ण रानामगर, डा. इन्द्रमणी राई (काठमाडौं विश्वविद्यालय), डा. बल बहादुर थापामगर, डा. मीन श्रीस (सदस्य, आदिवासी जनजाति आयोग) र सहजकर्ता गोपाल रानामगर (विद्यावारीधी शोधार्थी)ले गर्नुभएको थियो । चौंथो शत्रको शोधपत्र पस्तुतीको शत्रको अध्यक्षता गरिदिनु हुने मा. रिना रानामगर (सदस्य, आदिवासी जनजाति आयोग) र प्रस्तोताहरु डा. तिलु थापामगर, सह–प्रा. डा. छबिलाल चिदीमगर , बलबहादुर पुनमगर, सोबित रानामगर, उदित कुमार थापा मगर बागलुङ , याम बहादुर घर्तिमगर, सह–प्रा.डा. लाल ब.थापामगरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाँचौं शत्रमा  “विकास निर्माण तथा जग्गा अधिग्रहणले आदिवासी मगरहरुमा पारेको प्रभाव” समुहगत छलफलका प्यानलिष्टहरु डा. सुरेश तामाङ, डा. एक रानामगर, डा. कमल थापामगर, अधिवक्ता, शंकर लिम्बु, अधिवक्ता, इन्दिरा श्रीसमगर, डा. धिरेन्द्र नाल्बो र सहजकर्ता डा. विष्णु कुमार सिङ्जालीले सामुहिक रुपमा गर्नुभएको थियो ।

 

कार्यक्रमको सफलताका लागि स्वयँसेवा गरि योगदान दिनुहुने तारा रानामगर (मगर लेखक संघ), श्याम रानामगर, राजु पुनमगर (अध्यक्ष, नेपाल मगर विद्यार्थी संघ), गोविन्द पुनमगर (मगर अध्ययन केन्द्र) लगायतका  सहयोगी सबैलाई धन्यवाद ज्ञापन परिषदले गरेको थियो।

 

यो दुई दिने कार्यक्रममा मगर प्राज्ञिक परिषदको तर्फबाट कार्यस्थलमा खटिनुहुने डा. श्यामु थापामगर, डा. ई. हरी बहादुर दर्लामीमगर, डा. विष्णु कुमार सिङ्जालीमगर, डा. छविलाल चिदीमगर, डा. तिलु थापामगर, गोपाल रानामगर, डा. लाल बहादुर थापामगर, पूर्ण बहादुर रानामगर पनि धन्यवादका पात्र हुनुहुन्छ । कार्यक्रमको स्वरुप निर्धारण एवं प्यानलिष्ट विद्वान, मुख्यवक्ता, अतिथी गणहरुको संयोजन गर्नुहुने डा. विष्णु, तथा कार्यक्रमको तयारीबारे झझकाई रहने र चिन्तशिल हुने गोपाल रानामगर तथा व्यवस्थापनका पाटोमा तोकिएका जिम्मेवारी पुरागर्ने प्राज्ञिक परिषदका कार्यकारीहरु सबैलाई धन्यवाद प्रस्तुत गरेको छ । नेपाल मगर संघले यो सङ्गोष्ठीको संरक्षकत्व लिइदिएकोमा र सहयोगीको भूमिका खेल्नु हुने मगरका संघसंस्थाप्रति परिषद आभारी रहेको छ ।

 

यसैगरी यो सङ्गोष्ठीमा सहभागी सबैमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरु यहाँहरु सबैको साथ सहयोगको अपेक्षा गर्दै  सङ्गोष्ठी सफल भएको छ । भरसक गोष्ठी ६।६ महिना गर्ने मगर अध्ययन नामक अनुसन्धानमुलक जनरल समेत अर्धवार्षिक रुपमा प्रकाशन गर्ने योजना बनाएको छ। साथै घना मगर बस्ती भएको जिल्लाहरु उपत्यका बाहिर समेत गोष्ठी समिनार र अन्तक्रिया कार्यक्रम नियमित रुपमा सचालन गरेर पठन सस्कृतिलाई बढावा दिदै कथ्य र अलिखित मगर सस्कृतिलाई लिपिवद् गर्ने अभियानमा निरन्तर लागि रहने योजना रहेको सदस्य सचिव डा विष्णु कुमार सिजाली मगरले जानकारी गराउनुभयो ।