Opens in a new tab

बौदिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १५ औ साधारण सभा

याम बहादुर थापा मगर

29Shares
dida bag ad

 

काठमाडौ

८ मंसिर २०८३

 

बौद्दिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १५ औ वार्षिक साधारण सभा काठमाडौ राजधानीमा सम्पन्न भएको छ ।

बौद्दिक अपाङ्गताका अभिभावक महासंघ नेपालका अध्यक्ष राम नारायण श्रेष्ठको अध्यक्षता तथा संघीय सांसद सरिता महतोको प्रमुख आतिथ्यतामा उद्घाटन सत्रमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यको बिशेष आतिथ्यता रहेको थियो ! कार्यक्रममा राष्ट्रिय रुपमा अपाङ्गताका विभिन्न क्षेत्रमा क्रियाशील संघ सस्थाका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो !

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न महासंघले स्थापनादेखि नै बौद्धिक अपाङ्गता भएका व्यक्ति तथा तिनका अभिभावकहरूलाई सङ्गठित गर्दै विभिन्न अभियानहरू चलाउँदै आएको छ । हाल महासंघमा ४६ जिल्लाका ५५ संस्थाहरू सदस्य छन् भने १५ सम्पर्क सञ्जालहरू विस्तारित छन् र महासंघको उपस्थिति ६१ जिल्लामा रहेको महासंघले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि संघीय सांसद सरिता महतोले सरकारले १० वटै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको लागि विभिन्न कार्यक्रमहरु अगाडी बढाउने योजना बनाएको बताउनुभयो ! उहाले बिशेषगरी अटिजम र बौद्दिक अपांगताको सवालमा ३ चरणका योजनाहरु तयार गरिरहेको समेत जानकारी गराउनुभयो !

त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष देवीदत्त आचार्यले बौद्दिक अपाङ्गताका अभिभावक महासंघ नेपालको १५ औ वार्षिक साधारण सभाको अवसरमा सुभकामना व्यक्त गर्नुहुदै सरकारले विद्यमान बजेट समेत कटौती गरी अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार्हरुण माथि हमला गरेको बताउनुभयो ! सरकारसँग अपाङ्गता समुदायको ठुलो आशा रहेको स्मरण गर्नुहुदै अध्यक्ष आचार्यले सरकारका काम कारबाही सरकारका प्रतिनिधि र मातहतका कर्मचारी अन्तर्गत नभई मंत्रीको सचिवालय अन्तर्गत भैरहेकाले सुशासनको खिल्ली उठिरहेको समेत आरोप लगाउनुभएको थियो !

 

साधारण सभाको उदघाटन कार्यक्रम सासद सरिता महतो पुर्व अध्यक्ष तथा सल्लाहाकार राजु बस्नेत राष्ट्रिय अपाग महासघका अध्यक्ष देवी दत्त आर्चाय दृष्टी विहिन युवा सघ नेपाल  रावल  नेपाल नेत्रहिन बहिरा सघ नेपालका अध्यक्ष शिशिर खनाल राष्ट्रिय बहिरा महासघ नेपालका अध्यक्ष राज बहादुर बुढा  बौदिक अपाङ सघ नेपालका अध्यक्ष शिव श्रेष्ठ अभिभावक सघ धरानका शान्वतना श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको थियो । र कार्यक्रमको अध्यक्षता राम नारायण श्रेष्ठ सचालन महासचिव टिकाराम सापकोटा र स्वागत मन्तव्य उपाध्यक्ष  शिला थापाले गर्नु भएको थियो ।

साधारण सभाले आ व २०८२।०८३ को प्रगती प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गरी सर्वसम्मत रुपमा पारित भएको थियो ।

विद्यलयबाट रोजगारी र शिपसम्म जोडने सातै प्रदेशमा अनुसन्धान तथा रिसोर्स सेन्टर खोल्ने समाजमा अपागता भएका मानिसहरुलाई सम्मानपुर्वक व्यवहार गर्ने वातावरण निर्माण गर्नु पर्ने र वकालत गर्न सामुहिक प्रयास गर्न पहल गर्ने भावी योजना गरेको छ ।