Opens in a new tab

बागमती प्रदेश बुद्धिचाल छनोट ललितपुर अग्रस्थानमा

राजु ताम्राकार

599Shares

सारांश

  • दसौं बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेशस्तरीय बुद्धिचाल छनोट प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ललितपुरका कमल श्रेष्ठ र सुरज महर्जन ४.५ अंकसहित अग्रस्थानमा रहेका छन्।
  • महिलातर्फ ललितपुरकी ग्लोसी श्रेष्ठ ४.५ अंक जोड्दै एकल अग्रता बनाउन सफल भएकी छिन् भने लक्ष्मी कँडेल र नेलिसा ओझा संयुक्त रूपमा दोस्रो स्थानमा छन्।
  • ललितपुरको नखुमा जारी यस प्रतियोगिताबाट क्लासिकल, र्‍यापिड र ब्लिट्ज विधासमेत गरी कुल १२ जना खेलाडी छनोट गरिनेछन्।
dida bag ad

ललितपुर, मंसिर ७ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुनगइरहेको १० औँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले बौद्धिक बुद्धिचाल खेलको छनौट जारी राखेको छ।

सोमबार सम्पन्न पाँचौं चरणको खेल सकिँदा ललितपुरका कमल श्रेष्ठ र सुरज महर्जन ४.५ अङ्क जोडेर अग्रस्थानमा रहन सफल भएका छन्
ललितपुरका कमल श्रेष्ठले क्रमश: दोलखाका बिमल भण्डारी, ललितपुरका अशोक मोहन श्रेष्ठ, रत्न व्यञ्जनकार, धादिङका सुवास कुमार गुरुङ लाई पराजित गर्न सफल भए। श्रेष्ठ काभ्रेका शैलेन्द्र न्यौपानेसँग बराबरी गर्दै ४.५ अंक बनाएर छनौट नजिक पुगेका छन् ।
ललितपुरका सुरोज महर्जनले सुस्त गतिको खेलमा काभ्रेका खेलाडी शैलेन्द्र न्यौपाने माथि पाउन अप हुँदै खेल आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए।

ललितपुरका सुरज महर्जनले काठमाडौँका गोविन्द खड्का, मकवानपुरका सुन्दर कार्की, चितवनका सुदीप श्रेष्ठ र बनेपाका शैलेन्द्र न्यौपानेलाई पराजित गरेका थिए भने दोलखाका राजिव कार्कीसँग बराबरी खेलेर उक्त ४.५ अंक जोडेका हुन्।

प्रतिस्पर्धामा चितवनका सत्यम शर्मा र ललितपुरका अशोक मोहन श्रेष्ठले समान ४ अंक जोडेर संयुक्त दोस्रो स्थान ओगटेका छन्। जसमा चितवनका सत्यम शर्माले समकक्षी चितवनका अनिस दुलाल, धादिङका तारामान श्रेष्ठ दोलखाका राजिव कार्की र काठमाडौँका मोहम्मद इमरान खानलाई पराजित गरेका थिए । उनले भक्तपुरका पुरुषोत्तम दुवाल सँग हार बेहोरेका छन्।

ललितपुरका अशोक मोहन श्रेष्ठले ललितपुरकै समकक्षी कमल श्रेष्ठसँग एक खेलमा पराजित व्यहोर्दै काभ्रेका तीर्थलामा, चितवनका अनिस दुलाल, काभ्रेका श्याम मानन्दर र भक्तपुरका पुरुषोत्तम दुवाललाई पराजित गर्न सफल भएका थिए।

यसैगरी महिलातर्फ ललितपुरका ग्लोसी श्रेष्ठले ४ दशमलव ५ अङ्क जोडेर एकल अग्रता बनाउन सफल भएका छन्। ग्लोसी श्रेष्ठले क्रमश ललितपुरकै इन्सु ओली काठमाडौँका शुभश्री श्रेष्ठ रामेछापका ओजस्वी श्रेष्ठ र चितवनका लक्ष्मी कँडेललाई पराजित गरिन् । उनले अन्तिम खेल काभ्रेका शुभेच्छा घिमिरेसँग बराबरी खेलेका थिए।

WhatsApp Image 2026 11 23 at 17.51.31

महिलातर्फ चितवनका लक्ष्मी कँडेल र काठमाडौँका नेलिसा ओझा समान ४ अङ्क जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्। यस्तै शुभेच्छा घिमिरे र श्री तुलाधर समान ३.५ अंक तथा ओजस्वी श्रेष्ठ, इन्सु ओली, मानश्विनी शर्मा र यशस्वी महर्जन समान ३ अङ्क जोड्दै स्पर्धा मा कायम छन्।

ललितपुरस्थित जु जु सवा: नेवारी रेस्टुरेन्ट आँगन, नखु दोबाटोमा सञ्चालन भएको बागमती प्रदेश स्तरीय बुद्धिचाल छनौट स्पर्धा क्लासिकल खेल विधातर्फ १० जिल्लाका ३७ जना पुरुष तथा ६ जिल्लाका २० जना महिला खेलाडीहरू प्रतिस्पर्धामा छन्।

बागमती प्रदेश स्तरीय बुद्धिचाल छनोटका लागि प्राविधिक संयोजक राजु ताम्राकारले क्लासिकल विधाको बाँकी दुई चरणका खेल मङ्गलबार सम्पन्न गर्ने जानकारी गराएका छन्। यस लगत्तै १० मिनेट ५ सेकेन्डको र्‍यापिड तथा ३ मिनेट २ सेकेन्ड इन्क्रिजमेन्ट ब्लिट्ज विधामा गरि जम्मा १२ जना खेलाडी छनोट गर्ने जानकारी गराए ।

कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

२०८३ मंसिर ७ | मध्यान्ह ०५:०८ बजे

प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

२०८३ मंसिर ७ | मध्यान्ह ०५:०८ बजे

यमनमा साउदी आक्रमण, १० जनाको मृत्यु

२०८३ मंसिर ७ | मध्यान्ह ०५:०८ बजे