यमनमा साउदी आक्रमण, १० जनाको मृत्यु

एजेन्सी

सारांश
- यमनको होडेइडा बन्दरगाह सहरमा साउदी अरेबियाको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु र २० भन्दा बढी घाइते भएका छन्।
- साउदी नेतृत्वको गठबन्धनले ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको दाबी गरेको एक दिनपछि हुथीहरूको सञ्चार भवनलाई लक्षित गरी यो आक्रमण गरिएको हो।
- एक दशकभन्दा लामो गृहयुद्धको चपेटामा परेको यमनमा पछिल्लो युद्धविराम भङ्ग भएपछि हिंसात्मक घटनाहरू बढेका छन्।

यमन । यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले सोमबार उक्त जानकारी दिएका हुन् ।
हुथीहरूको अलमसिराह टेलिभिजन च्यानलका अनुसार यमनको पब्लिक टेलिकम्युनिकेसन कर्पोरेसनसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गरिएको हो । च्यानलले सुरुमा चार जनाको मृत्यु भएको जनाएको थियो भने केही घण्टापछि मृतकको सङ्ख्या बढाएर १० पुगेको उल्लेख गरेको छ । साउदी अरेबियाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
यमनका विभिन्न भूभाग र होडेइडा बन्दरगाह नियन्त्रणमा राख्दै आएका इरान समर्थित हुथी विद्रोही अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग लामो समयदेखि सङ्घर्षरत छन् ।
साउदी नेतृत्वको गठबन्धनले आफ्नो देशको पश्चिमी लालसागर तटतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको एक दिनपछि यो आक्रमण भएको हो । उक्त क्षेत्रमा प्रमुख तेल प्रतिष्ठानहरू रहेका छन् । हुथी विद्रोहीले पछिल्ला साताहरूमा विमानस्थल र सैन्य अखडालाई समेत निशाना बनाउँदै आएका छन् ।
एक दशकभन्दा बढी समयदेखि गृहयुद्धमा फसेको यमन गत जुलाईमा हुथी विद्रोही र साउदी समर्थित सरकारबीचको युद्धविराम भङ्ग भएपछि अमेरिका–इरान द्वन्द्वको चपेटामा परेको थियो । संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता यमनमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

भारत भ्रमण पूरा गरी प्रधानमन्त्री शाह नेपाल प्रस्थान

प्रेस काउन्सिल अध्यादेश फिर्ता लिन र मिडियामाथिको हस्तक्षेप रोक्न पत्रकार महासंघको माग

कागजमै तालिम,डेराबाटै चेक: गरुडा नगरपालिकामा हाकिम नाथु र लेखापाल राजेशको ब्रह्मलुट

महिलामन्त्री बादीद्वारा राउटे समुदायसँग संवाद

उपत्यकामा ५६६ सवारी चालक कारबाहीमा
अरुपनि पढ्नुहोस
सबै
ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

नेपाललाई भारतले गर्यो दुई खर्ब ४० अर्बबराबरको विकास सहयोग प्याकेज घोषणा

प्रधानमन्त्री शाह र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन
















