ट्रम्पसँग भेट नभएपछि किमको जोड सार्वभौमिकतामा

एजेन्सी

सारांश
- उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै वैदेशिक सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता नभए पनि किमले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित स्वतन्त्र विदेश नीति अघि बढाउने बताएका छन्।
- विश्लेषकहरूले किमको यस कदमलाई बहुध्रुवीय विश्व व्यवस्थामा उत्तर कोरियाले आफ्नो कूटनीतिक भूमिका विस्तार गर्न खोजेको सङ्केतका रूपमा हेरेका छन्।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता हुन नसकेको केही दिनपछि उत्तर कोरियाली नेता किम जोङ उनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिँदै वैदेशिक सम्बन्ध विस्तार गर्ने बताएका छन् ।
राज्य सञ्चारमाध्यम केसीएनएका अनुसार नयाँ नियुक्त राजदूतहरूबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै उहाँले स्वतन्त्रता, शान्ति र मित्रतामा आधारित विदेश नीति अघि बढाउने बताएका हुन् । कार्यक्रममा रुसका लागि नियुक्त राजदूत पनि सहभागी रहेका थिए ।
गत साता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका लागि चीन पुग्नुभएका ट्रम्पले किमसँग भेट्ने प्रयास गरेका थिए । तर, भेटको व्यवस्था हुन नसकेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि उहाँ बिहीबार एसियाबाट फर्किएका थिए ।
किमको प्रत्यक्ष सहभागितालाई उत्तर कोरियाको सार्वभौमिकतामा आधारित कूटनीतिको सङ्केतका रूपमा विश्लेषण गरिएको छ । दक्षिण कोरियाको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले एएफपीसँग कुरा गर्दै ट्रम्पको पहलबाट प्रभावित नभई राजदूतहरूलाई स्वागत गर्नु उत्तर कोरियाले बहुध्रुवीय विश्व व्यवस्थामा आफ्नो भूमिका विस्तार गर्न चाहेको सङ्केत भएको बताए ।
ट्रम्पको पहिलो कार्यकालमा किमसँग भएका शिखर वार्ताबाट उत्तर कोरियाको आणविक कार्यक्रम रोक्ने ठोस सम्झौता हुन सकेको थिएन । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आणविक कार्यक्रम अघि बढाउँदै आफ्नो आणविक हैसियतलाई कानूनी मान्यता दिएको छ र हतियार भण्डारलाई स्थायी तथा अपरिवर्तनीय घोषणा गरेको छ ।
यसैबिच, युक्रेनविरुद्धको युद्धमा रुसलाई सैन्य सहयोग गर्न सेना परिचालन गरेपछि उत्तर कोरिया र रुसबीचको सम्बन्ध थप सुदृढ भएको छ ।

नेपाललाई भारतले गर्यो दुई खर्ब ४० अर्बबराबरको विकास सहयोग प्याकेज घोषणा

प्रधानमन्त्री शाह र मोदीद्वारा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

अयोध्याबाट १ हजार १५८ यात्री लिएर जनकपुर आउँदैछ रेल

इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी
अरुपनि पढ्नुहोस
सबै
प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

















