Opens in a new tab

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

नवलपुर टुडे

399Shares

सारांश

  • काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ वटा सवारीसाधनलाई कारबाही गरिएको छ।
  • कारबाहीमा मादक पदार्थ सेवन गरी गाडी चलाउने ६७ र तीव्र गतिमा गुडाउने १२२ जना चालक परेका छन्।
  • त्यसैगरी, सीसीटीभीमार्फत ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र अन्य कसूरमा २७९ सवारीसाधन कारबाहीमा परेका छन्।
dida bag ad

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो।

कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन्।

त्यस्तै, हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार सवारीसाधनमाथि कारबाही गरिएको छ। अन्य ट्राफिक नियम उल्लङ्घनमा २७९ सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।