आज हिमाली भेगमा हल्का हिमपात हुन सक्ने

नवलपुर टुडे

सारांश
- हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको र अधिकांश भूभागमा मौसम सफा रहेको छ।
- सोमबार दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।
- कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन । महाशाखाले जारी गरेको मौसम विश्लेषणमा हाल कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको जनाइएको छ भने देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाको पूर्वानुमानअनुसार सोमबार दिउँसो तथा राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका साथै कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस क्रममा कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

पञ्चकोटमा १०८ फिट अग्लो ‘विश्वशान्ति गण्डकी कलश’ निर्माणले लियो गति

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर


कांग्रेस रुपन्देहीको सङ्कल्प : आन्तरिक एकता बलियो बनाउँदै आगामी निर्वाचनमा पहिलो शक्ति बन्ने लक्ष्य

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न धनकुटाका किसानको माग
अरुपनि पढ्नुहोस
सबै
दिल्लीमा प्रधानमन्त्री बालेन र भारतीय विदेशमन्त्रीबिच भेटघाट सुरु

बागमती प्रदेश बुद्धिचाल छनोट सुरु

घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार
















