घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

रासस

सारांश
- पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत घोप्टेभिरमा जोखिमपूर्ण पहाड काट्ने काम सुरु गरिएको छ।
- दैनिक पाँच घण्टा (बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म) सवारी आवागमन रोकेर सडक विस्तार तथा पहिरो हटाउने काम भइरहेको छ।
- सुक्खा पहिरोको जोखिम हटाउन र यातायात सञ्चालन सहज बनाउन आगामी पाँच दिनभित्र काम सक्ने गरी निर्माणलाई तिब्रता दिइएको छ।

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत घोप्टेभिरमा जोखिमपूर्ण पहाड काट्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर पहाडको जोखिमपूर्ण भाग झार्न थालिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार शनिबार नागढुङ्गातर्फबाट बाटो बनाएर घोप्टेभिरको माथिल्लो भागमा एक्साभेटर पुर्याइएको थियो । उक्त एक्साभेटरले आइतबारदेखि डाँडाको जोखिमपूर्ण र खस्न सक्ने ढिस्को काट्न थालेको हो ।
“डाँडाको अवस्था हेरेर थप उपकरण वा एक्साभेटर लैजान सकिने देखिएमा सोमबारसम्म अर्को एक्साभेटर थप्ने योजना छ । सवारी रोकिएको समयको उपयोग गर्दै घोप्टेभिरको मुग्लिनतर्फको भित्तो काटेर सडक विस्तार गर्न थालिएको छ । यहाँ १५० मिटर लामो भागमा करिब तीन मिटर चौडा गर्नुपर्ने छ”, नेपालले भने ।
उनका अनुसार चुम्लिङटार र कुरिनटारको बीचमा पर्ने डाहाकी खोलामा पनि सडक चौडा गर्न थालिएको छ । “त्यहाँ १०० मिटर लम्बाइ क्षेत्रमा सडकलाई दुई मिटर चौडा गर्नुपर्ने हुन्छ । दुवै ठाउँमा दुईवटा एक्साभेटर र एउटा लोडर प्रयोग गरी भित्तो काट्ने काम गरिएको छ”, उनले भने ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पाँच दिनभित्र काम सक्ने गरी सवारी आवागमन रोकेर निर्माण कम्पनीलाई काम गर्न ताकेता गरिएको बताए । सरकारी तवरबाट आवश्यक सहजीकरण गरेर घोप्टेभिरको जोखिमपूर्ण भाग झार्न लागिएको उनको भनाइ छ । सवारी रोकिएको समयमा सडक विस्तार गर्नुपर्ने स्थानमा पनि काम गर्न भनिएको उनले जानकारी दिए ।
झन्डै एक महिनायता सुक्खा पहिरो खसेर घोप्टेभिरमा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । पटकपटक पहिरो खसेर सवारी आवागमन रोकिने गरेको छ भने पहिरोसँगै खसेको ढुङ्गाले लागेर एक जनाको मृत्युसमेत भएको छ ।
घोप्टेभिर मुग्लिनबाट करिब तीन किलोमिटर काठमाडौँतर्फ पर्दछ । राजधानी भित्रिने र बाहिरिने सवारीसाधन यही सडक हुँदै आवतजावत गर्छन् । यस सडकमा दैनिक एक हजार ५०० भन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् ।

इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

भारत उडे प्रधानमन्त्री वालेन्द्र शाह (तस्बिरहरू)

जीवाश्म इन्धन विवादले कोप–३१ को जलवायु सम्झौता भाँडिदै
अरुपनि पढ्नुहोस
सबै
जुम्लामा ४ महिनामा पुँजीगत खर्च साढे ४ प्रतिशत मात्र

सर्वदलीय सरकार बनाउँछुः मुख्यमन्त्री यादव

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर राईको मृत्यु

कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा चहलपहल
















