Opens in a new tab

बन्दीपुरमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप सुरु, प्रथमलाई २ लाख ५५ हजार र दोस्रोलाई १ लाख ५५ हजार पुरस्कार

प्रदिप सिंह

29Shares
dida bag ad

लहान ।सिरहाको कर्जन्हा नगरपालिका–६ बन्दीपुरस्थित श्री नेपाल राष्ट्रिय फूलकुमारी महतो उच्च माध्यमिक विद्यालयको खेलमैदानमा पाँचौँ कार्तिकेय कुमार गोल्डकप २०८३ सुरु भएको छ।inbound5120251051289317152

कर्जन्हा नगरपालिकाका नगरप्रमुख भोला प्रसाद पोखरेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो। नगरप्रमुख पोखरेलले ब्यानर वाचन गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी श्रेष्ठ विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन्।

शुभकामना मन्तव्य राख्दै उपप्रमुख श्रेष्ठले प्रतियोगिता कर्जन्हा नगरपालिकाको गौरव र सान भएको बताइन्। यस्ता खेलले मनोरञ्जनसँगै खेलाडीलाई ऊर्जावान् र मर्यादित बनाउन सहयोग पुग्ने उनले बताइन्।inbound8894715523306331144

टुर्नामेन्ट समितिका अध्यक्ष राकेश साहले खेलप्रेमी तथा दर्शकलाई समयमै उपस्थित भएर प्रतियोगिताको अवलोकन गर्न आग्रह गरे।

प्रतियोगितामा प्रथम हुने टोलीले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँ तथा उत्कृष्ट गोलकिपर, सर्वोत्कृष्ट खेलाडी र उच्च गोलकर्तालाई जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको आयोजना शिक्षा, युवा तथा खेलकुद शाखा, कर्जन्हा नगरपालिका र सहआयोजनामा मूल टुर्नामेन्ट समिति तथा बन्दीपुर युथ क्लब, कर्जन्हा नगरपालिका–६, सिरहाले गरेका छन्।