Opens in a new tab

भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन

नवलपुर टुडे

498Shares

सारांश

  • प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज हैदरावाद हाउसमा भेटवार्ता हुने कार्यक्रम रहेको छ।
  • भेटवार्ताका क्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार र खेलकुद लगायतका क्षेत्रमा आधा दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।
  • समझदारीपत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरी आजै साँझ काठमाडौं फर्किनेछन्।
dida bag ad

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ ।  बिहान ११ः१५ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सकिएपछि नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार, विपद्पछिको पुनर्निर्माण तथा पुनस्र्थापनालगायत क्षेत्रमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर सकिएपछि दुवै देशका प्रधानमन्त्री संयुक्त प्रेस ब्रिफिङ कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि प्रधानमन्त्री बालेन भारतीय प्रधानमन्त्री मोदीले उनको सम्मानमा आयोजना गर्ने दिवा भोजमा सहभागी हुनेछन् । दिवा भोजमा सहभागी भएपछि प्रधानन्त्री बालेनले सोमबार दिउँसो ३ः३० बजे भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

भारतका राष्ट्रपतिलाई भेटेपछि प्रधानमन्त्री बालेन नयाँ दिल्लीबाट दिउँसो ४ः५० बजे काठमाडौं प्रस्थान गर्नेछन् । उनी आजै साँझ ६ः४५ बजेतिर काठमाडौं पुग्नेछन् ।