अयोध्याबाट १ हजार १५८ यात्री लिएर जनकपुर आउँदैछ रेल

एजेन्सी

सारांश
- भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवाको संयुक्त उद्घाटन गरिएको छ।
- यो रेलले सातामा एक पटक दुवैतर्फ ओहोरदोहोर गर्नेछ र गन्तव्यमा पुग्न १९ घण्टା लाग्नेछ।
- उद्घाटनको पहिलो दिन रेलमा यात्रा गर्ने यात्रुहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ।

काठमाडौँ । भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म रेल सञ्चालन सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उक्त रेलसेवा संयुक्त रूपमा उदघाटन गरेका छन् ।
सरयू–कमला एक्सप्रेस नाम गरेको यो रेल सेवा तत्कालका लागि सातामा एक पटक ओहोर–दोहोर गर्नेछ । यो रेल १९ घण्टामा गन्तव्यमा पुग्ने जनाइएको छ ।
भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले श्रीराम जन्मभूमि आन्दोलनको ५०० वर्ष लामो संघर्षमा नेपालका सन्त, युवा, आमा तथा दिदीबहिनी र आम श्रद्धालुले दिएको योगदान कहिल्यै बिर्सन नसकिने बताए ।
उनले राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा माता जानकीको माइती जनकपुरधामबाट सयौँ श्रद्धालु प्रेम र श्रद्धाका साथ उपहार लिएर अयोध्यामा आएको स्मरणसमेत गरे ।
सरयू–कमला एक्सप्रेसमा यात्रा गर्ने यात्रीलाई आज यात्रा अवधिभर भोजन निःशुल्क गरिने भएको छ । रेलले यात्रा आरम्भ गरेपछि खाजा खुवाइने र साँझ जुस र निम्की (नमकिन) दिइने जनाइएको छ ।
यस्तै रातको खाना पनि रेलमै उपलब्ध गराइने भएको छ । खानामा दाल, भात, तीन वटा रोटी, दुई प्रकारका तरकारी, मिठाइ र पानी निःशुल्क उपलब्ध गराइने छ ।
जनकपुर प्रस्थान गर्न लागेको रेललाई फूलले सजाइएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रेलवे स्टेशनमै पुगेर रेलका यात्रीलाई बिदाइ गर्दैछन् । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उदघाटन गरेपछि अयोध्याबाट जनकपुरका लागि उक्त रेल प्रस्थान गर्नेछ ।

इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली

पुर्ख्यौली धानखेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

अरुपनि पढ्नुहोस
सबै
देवघाटधामको प्रचारप्रसार गर्दै आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु

आज वैकुण्ठ चतुर्दशी पर्व मनाइँदै

भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन

विदेशमा आर्जित रकम र सीप उद्यममा लगाउँदै मनिषकुमार
















