Opens in a new tab

इरानले एकै सातामा वर्षकै सर्वाधिक ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको ट्रम्पको दाबी

एजेन्सी

325Shares

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले पछिल्लो एक सातामा वर्षभरिकै सबैभन्दा धेरै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।
  • इरानले हालसम्म ८१ हजार प्रदर्शनकारीको हत्या गरिसकेको उल्लेख गर्दै ट्रम्पले आफ्ना पुराना भविष्यवाणीहरू सत्य साबित भएको बताएका छन्।
  • डेमोक्रेट्स र इरान मिलेर तेलको मूल्य उच्च राख्न खोजेको आरोप लगाउँदै उनले निर्वाचनपछि तेलको मूल्यमा कीर्तिमानी गिरावट आएको बताएका छन्।
dida bag ad

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले गत एक सातामा मात्रै वर्षभरिकै सबैभन्दा धेरै आक्रमणकारी ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन्।

सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

ट्रम्पका अनुसार उनले गत नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनलाई लिएर दुईवटा भविष्यवाणी गरेका थिए। पहिलो भविष्यवाणीमा उनले डेमोक्रेट्सले जितेमा सेयर बजारमा भारी गिरावट आउने बताएका थिए र अहिले त्यस्तै भएको उनको भनाइ छ। दोस्रो भविष्यवाणीमा इरानले आफ्ना आक्रमणहरू अझ तीव्र बनाउने उल्लेख गरेको र त्यो पनि सत्य साबित भएको ट्रम्पले दाबी गरेका छन्।

यसै क्रममा ट्रम्पले इरानले हालसम्म ८१ हजार प्रदर्शनकारीको हत्या गरिसकेको दाबीसमेत गरेका छन्। यद्यपि इरानले प्रहार गरेका सबै ड्रोन र क्षेप्यास्त्रहरूलाई खसालिएको र तिनबाट कुनै क्षति नभएको उनले उल्लेख गरेका छन्। इरानी नेताहरूले डेमोक्रेट्सलाई कमजोर र अप्रभावी ठान्ने गरेको ट्रम्पको आरोप छ।

डेमोक्रेट्स र इरान मिलेर तेलको मूल्य उच्च राख्न हरसम्भव प्रयास गरेको दाबी गर्दै ट्रम्पले निर्वाचनपछि तेलको मूल्यमा कीर्तिमानी गिरावट आएको बताएका छन्। मतदाताहरूले मतदान गर्नुअघि नै यो कुरा बुझ्नुपर्ने तर्क गर्दै ट्रम्पले समग्र निर्वाचन प्रक्रियालाई ‘निकै अनौठो’ भनी टिप्पणी गरेका छन्।