Opens in a new tab

बागलुङमा शुभलाभ एजुकेशनल मन्टेशवरीको साधारण सभा

याम बहादुर थापा मगर

29Shares
dida bag ad

 

बागलुङ

 

बागलुङ जिल्लामा सचालित शुभलाभ एकुकेशनल मन्टेश्वरी सेन्टरको १८ औ बार्षिक साधारण सभा बागलुङ बजारमा सम्पन्न भएको छ । सो साधारण सभाको अध्यक्षता मिलन के सी सचालन किरण थापा र प्रमुख अतिथि बागलुङ नगरपालिका १० भकुण्डेका वडा अध्यक्ष तिल बहादुर थापा मगरको रहेको थियो । सो एजुकेशनल मन्टेश्वरीमा कक्षा ६ सम्म अध्ययन हुने र बाल मैत्री तरिकाले अध्ययन गराउदै आएको जानकारी प्रिन्सिपल तथा सदस्य सचिव काशीराम पौडेलले जानकारी दिनु भयो । साथै सदस्य सचिव कडेलले आ व २०८२।०८३ को बार्षिक प्रगती प्रतिवेदन र आय व्यय विवरण प्रस्तुत गर्नु भई आवश्यक सुझाव सहित पारित गरिएको थियो । साथै सचालक खडक बहादुर थापा मगर पुर्ण बहादुर श्रेष्ठ उदित कुमार थापा मगर सजय श्रेष्ठ तिल बहादुर थापा मगर दुर्बल राजभण्डारी रेशम आले मगरले शुभकामना मन्तव्य दिनु भएको थियो ।

बागलुङ बजारमा नमुना र लोकप्रिय मन्टेश्वरी बनाउनमा गुणस्तरीय शिक्षा दिने साझा लक्ष्य रहेको शिक्षण सस्था रहेको छ । बालबालिकाहरुको रुचि र आनीबानी अनुसार शिक्षण विधि अपनाएर धेरै भन्दा धेरै अभिभावकहरुको माग चाहना र सोच अनुसारको भविष्यको दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक हब निर्माण गर्ने सोच रहेको जानकारी  शुभ लाभ मन्टेशनरीका अध्क्षय मिलन के सीले जानकारी दिनुभयो ।