विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान

नवलपुर टुडे

सारांश
- चितवनका विद्यालयमा शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक संरचना र प्रशासनिक काममा व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित रहेको अनुगमनमा पाइएको छ।
- शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न अनुगमनलाई तीव्र पार्दै कक्षाकोठाको शिक्षण सिकाइ अवलोकनमा जोड दिएको छ।
- जिल्लाका कुल ४९७ विद्यालयमा देखिएका समस्या समाधानका लागि स्थानीय तहसँग समन्वय गरी विज्ञसहितको टोलीबाट प्राविधिक सहयोग उपलब्ध गराउने तयारी गरिएको छ।

चितवन । चितवनका केही विद्यालयमा शैक्षिक गुणस्तर सुधारभन्दा भौतिक संरचना निर्माण तथा शिक्षक–कर्मचारीको नियुक्ति, सरुवा र बढुवाजस्ता विषयमा विद्यालय व्यवस्थापन समितिको ध्यान बढी केन्द्रित भएको पाइएको छ ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले शिक्षा विकास तथा समन्वय इकाईले पछिल्लो समय अनुगमनलाई तीव्रता दिएको छ ।
अनुगमनका क्रममा शिक्षक तथा प्रधानाध्यापकले कक्षाकोठाको शिक्षण अभ्यास अवलोकन गरी प्राविधिक सहयोग गर्न सुझाव दिएको पोखरेलले जानकारी दिए । त्यसका लागि विज्ञसहितको टोली बनाएर विद्यालय अनुगमन गर्ने तयारी गरिएको छ ।
‘अनुगमनका क्रममा धेरै शिक्षक तथा प्रधानाध्यापक उत्साहित हुनुभएको छ । विद्यालयमा देखिएका समस्या समाधानका लागि प्राविधिक सहयोग गर्न उहाँहरूले सुझाव दिनुभएको छ,’ उनले भने, ‘विशेषगरी कक्षाकोठा अवलोकन गरी शिक्षण सिकाइमा आवश्यक प्राविधिक सहयोग गर्नुपर्ने उहाँहरूको सुझाव छ ।’
अनुगमनको विवरण सम्बन्धित मन्त्रालय तथा विभागमा पठाइएको उनले बताए । विद्यालय अनुगमनमा स्थानीय तहसँग पनि समन्वय गरिएको छ । अनुगमनका क्रममा राजनीतिक हस्तक्षेपको अनुभूति नभएको उल्लेख गर्दै उनले शिक्षकहरूले अनुगमनलाई निरन्तरता दिन र विद्यालयका समस्या पहिचान गरी सुझाव दिन आग्रह गरेको बताए ।
अनुगमनलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै पोखरेलले आफूले थालेको कामलाई केही समयका लागि गरिएको देखावटी प्रयासका रूपमा व्याख्या गर्ने र नकारात्मक टिप्पणी गर्ने गरिएको गुनासो गरे । यस्ता टिप्पणीले काम गर्ने उत्साहमा असर पर्ने उनको भनाइ छ ।
चितवनमा सामुदायिक, संस्थागत र धार्मिक गरी ४९७ विद्यालय सञ्चालनमा छन् । इकाईका अनुसार जिल्लामा ३२५ सामुदायिक, १६५ संस्थागत र सात धार्मिक विद्यालय छन् ।
चितवन २०७१ सालमै साक्षर जिल्ला घोषणा भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत छ ।

तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

यमपञ्चकको चौथो दिन : आज गाईपूजा मनाइँदै

मुक्ति समाज भोट बैक मात्र बन्न नहुने बक्ताहरुको जोड

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार
अरुपनि पढ्नुहोस
सबै
नेपाल यादव सेवा समितिद्वारा सुनसरीका १२ पत्रकारसहित तीन सयभन्दा बढी व्यक्तित्व सम्मानित


कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : प्रधानमन्त्री पत्नी

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई
















