यमपञ्चकको चौथो दिन : आज गाईपूजा मनाइँदै

नवलपुर टुडे

सारांश
- तिहारको चौथो दिन आज हिन्दू धर्मावलम्बीहरूले गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाउँदै छन्।
- गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक दृष्टिले यसको विशेष महत्व रहेको छ।
- रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ।

काठमाडौँ । तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ । गाईलाई हिन्दू धर्ममा पवित्र जनावरका रूपमा पूजा गर्ने परम्परा छ । गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ ।
गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ । धार्मिक परम्पराअनुसार विधिपूर्वक गाईको पूजा गरी मीठा परिकार खान दिँदा पुण्य प्राप्त हुने विश्वास छ ।
नेपालका केही स्थान र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको सुरुआतमा गाईपूजा गरिन्छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले विभिन्न धार्मिक कार्यमा गाईदान गर्ने परम्परा पनि छ ।
पछिल्लो समय गाईको अभावमा सङ्कल्प गरेर रकम राख्ने चलन बढेको धर्मशास्त्रका जानकार प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ ।
आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहिआएको छ ।

मुक्ति समाज भोट बैक मात्र बन्न नहुने बक्ताहरुको जोड

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

नेपाल यादव सेवा समितिद्वारा सुनसरीका १२ पत्रकारसहित तीन सयभन्दा बढी व्यक्तित्व सम्मानित


कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : प्रधानमन्त्री पत्नी
अरुपनि पढ्नुहोस
सबै
यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु
















