फूल बेचेरै तिहार खर्चको जोहो

नवलपुर टुडे

सारांश
- बाँकेको नेपालगञ्जमा कृषि विषय अध्ययनरत युवाहरूले १० कट्ठा जग्गामा सामूहिक व्यावसायिक फूलखेती गरी तिहार खर्च जुटाएका छन्।
- उनीहरूले फार्मबाटै प्रतिकिलो चार सय रुपैयाँका दरले हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरी दुई लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।
- यस वर्ष बाँकेका विभिन्न क्षेत्रमा करिब १३ बिगाहा क्षेत्रफलमा सयपत्री लगायतका विभिन्न जातका फूलहरूको व्यावसायिक खेती गरिएको छ।

बाँके। बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन्।
मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी बेदराज आचार्य, असिम सिग्देल र चेतन केसीले १० कट्ठा जग्गामा सामूहिक फूलखेती गरेर तिहारको खर्च जोहो गरेका छन्।
नेपालगञ्ज–१९ फुटाहा गाउँमा १० कट्ठा जग्गामा लगाइएको फूल यतिबेला टिपेर बिक्री गर्न भ्याइनभ्याई भएको बेदराज आचार्यले बताए। “हालसम्म करिब पाँच क्विन्टल फूल बिक्री गरिसक्यौँ, अझै पाँच क्विन्टल जति बाँकी होला,” उनले भने, “चार सय रुपैयाँ प्रतिकिलोका दरले फार्मबाटै फूल बिक्री गरेका छौँ, अहिलेसम्म दुई लाख जतिको बिक्री भइसक्यो।”
यसपालि तिहार खर्च फूलखेतीबाटै जोहो भएको अर्का सञ्चालक असिम सिग्देलले बताए। सानो मेहनत र लगानीले नै ठूलो प्रतिफल हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको उनले बताए।
तिहारअघि नै करिब रु दुई लाख बराबरको फूल बिक्री भएको जानकारी दिँदै उनले स्थानीयले अग्रिम बुकिङ गरेको बताए। त्यसबाहेक बुटवल, दाङ, काठमाडौँ, सुर्खेतलगायत जिल्लाबाट माग आए पनि स्थानीयलाई प्राथमिकता दिइएको उनको भनाइ छ।
जिल्लामा यो वर्ष करिब १३ बिगाह क्षेत्रफलमा व्यावसायिक फूलखेती गरिएको छ। बाँकेको नरैनापुर, खजुरा, नेपालगञ्ज र कोहलपुरमा किसानले व्यावसायिक रुपमा फूलखेती गरेको फ्लोरी कल्चर एसोसिएसन नेपालकी केन्द्रीय सदस्य तथा नेपालगञ्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगरले बताए।
उनका अनुसार बाँकेमा यो वर्ष करिब १३ बिगाहा क्षेत्रफलमा फूलखेती भएको छ। जिल्लामा सयपत्री, कलकत्ते, आगा ३५५ जातका फूलको खेती गरिएको छ। भारतीय फूल आयातमा रोक लगाए फूलखेती गरेका किसानले राम्रो आम्दानी गर्नेछन्।
तिहार नजिकिँदै गर्दा किसानले नेपालगञ्जको त्रिभुवनचोक, धम्बोझीचोक लगायतका क्षेत्रमा फुटकर रुपमा फूलको बिक्री वितरण गरिरहेको चर्तीमगरले बताए।

कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : प्रधानमन्त्री पत्नी

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु
अरुपनि पढ्नुहोस
सबै
काठमाडौँमा बङ्गलादेशको राष्ट्रिय एकता दिवस मनाइयो

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
एनआरएनए यूएईको राहत तथा उद्धार समितिको जिम्मेवारी ज्ञानेन्द्र गुरुङलाई

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
















