जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपुर टुडे

सारांश
- मुगुबाट जुम्ला आउँदै गरेको बोलेरो जीप कनकासुन्दरी गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा परेर अन्य छ जना घाइते भएका छन् भने उनीहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
- प्रहरीका अनुसार दुर्घटनामा परेको उक्त जीपमा कुल १६ जना यात्रु सवार रहेका थिए र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

जुम्ला । मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार शनिबार साँझ कनकासुन्दरी गाउँपालिका-१, स्थित चौथामा क १ ज ००५४ नम्बरको बोलेरो जीप दुर्घटना भएको थियो ।
दुर्घटनामा परी रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका-१ स्थायी घर भई हाल जिल्लाको कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर उपचार सुरु गरिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । उक्त जीपमा १६ जना यात्रु सवार रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के के उल्लेख छ ?
अरुपनि पढ्नुहोस
सबै
तिहारको रौनकले मुगुमा उत्सवमय माहोल : गाउँबस्तीमा देउसी–भैलीमा रमाउँदै स्थानीयवासी

इन्दिरा र लुम्बिनी चिनी मिलको गैरजिम्मेवारी : चाडबाडका बेला रित्तो हात उखु किसान

मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे
















