मुख्यमन्त्री थापामगरद्वारा नारी शक्तिको सम्मान गर्न आग्रह

नवलपुर टुडे

सारांश
- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाको अवसरमा घर, परिवार र समाजमा रहेका महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
- उनले पार्वती, सरस्वती र लक्ष्मीलाई क्रमशः बल, विद्या र धनको प्रतीक नारी शक्तिका रूपमा स्मरण गर्दै हाम्रो मानसिकता र दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताएका छन्।
- महिलाको सम्मानलाई केवल शुभकामनामा सीमित नराखी तिहारले महिला उत्थानको बलियो आधार तयार पार्ने विश्वास व्यक्त गर्दै उनले सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिएका छन्।

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले लक्ष्मीपूजाका अवसरमा घर, परिवार र समाजमा रहेका महिलाको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । लक्ष्मीपूजाका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले देवी लक्ष्मीको तस्बिरमा पूजा गर्नुका साथै वास्तविक जीवनमा पनि महिलालाई आदर र सम्मान गर्नुपर्नेमा जोड दिएका हुन् ।
“तस्बिरकी लक्ष्मीको पूजा मात्र होइन, घर–समाजकी लक्ष्मीलाई पनि आदर सम्मान दिनुहोस्”, मुख्यमन्त्री थापामगरले सन्देशमा भनेका छन् । उनले बल, विद्या र धनलाई संसारका तीन प्रमुख शक्तिका रूपमा उल्लेख गर्दै ती सबै शक्ति नारी स्वरूपमा रहेका बताए ।
पार्वतीलाई बल, सरस्वतीलाई विद्या र लक्ष्मीलाई धनको प्रतीकका रूपमा प्रस्तुत गर्दै उनले नारी शक्तिप्रतिको दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । “स्त्री शक्ति कमजोर छैन, कमजोर छ त केवल हामीभित्रको दृष्टिकोण र मानसिकता”, उनले भने ।
मुख्यमन्त्री थापामगरले धार्मिक आस्था र दैनिक व्यवहारमा एकरूपता हुनुपर्ने उल्लेख गर्दै महिलाको सम्मानलाई पूजा र शुभकामनामा मात्र सीमित नराख्न आग्रह गरेका छन् । उनले नारी सम्मानको सन्देश बोकेको तिहार महिला उत्थानको आधार बन्ने विश्वास व्यक्त गर्दै लक्ष्मीपूजाका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

इरानसँगको कूटनीतिक वार्तामा थोरै प्रगति भएको रुबियोको भनाइ

दीपावलीमा पनि सेवामा खटिए कृष्णनगरका विद्युत् कर्मचारी, नागरिकको घर उज्यालो बनाउन दिनरात सक्रिय

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

गरिब तथा असहाय बालबालिकालाई लक्षित गर्दै रोहिणीमा बालबगैँचा कार्यक्रम सुरु
अरुपनि पढ्नुहोस
सबै
जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पुरुषको मृत्यु

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको छ : रुबियो
















