तिहारको रौनकले मुगुमा उत्सवमय माहोल : गाउँबस्तीमा देउसी–भैलीमा रमाउँदै स्थानीयवासी

नवलपुर टुडे

सारांश
- मुगु जिल्लामा तिहार नजिकिँदै जाँदा देउसी–भैली खेल्ने क्रम बढेर गाउँबस्तीको वातावरण उत्सवमय बनेको छ।
- बालबालिकादेखि वृद्धवृद्धासम्म सबै सहभागी भई परम्परागत भाका र सांस्कृतिक प्रस्तुतिमार्फत तिहारको खुसी साटासाट गरिरहेका छन्।
- यस परम्परागत गतिविधिले स्थानीयवासीबीच आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई अझ बलियो बनाउनुका साथै मौलिक संस्कृतिलाई निरन्तरता दिएको छ।

तपेन्द्र ऐडी
मुगु । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा मुगु जिल्लाका विभिन्न गाउँबस्तीमा देउसी–भैली खेल्ने क्रम बढ्दै गएको छ।
देउसी–भैलीका गीत, संगीत र नाचगानले जिल्लाको वातावरण नै उत्सवमय बनेको छ।
तिहारको आगमनसँगै बालबालिका, युवायुवतीदेखि वृद्धवृद्धासम्म देउसी–भैलीमा सहभागी हुँदै रमाइलो गरिरहेका छन्। परम्परागत भाका, मौलिक संस्कृति र सांस्कृतिक प्रस्तुतिमार्फत स्थानीयवासीले तिहारको खुसी साटासाट गरिरहेका छन्।
देउसी–भैली खेल्ने समूहहरू गाउँका घरघरमा पुगेर गीत गाउँदै, नाच्दै र शुभकामना दिँदै मनोरञ्जन प्रदान गरिरहेका छन्। यसले गाउँघरमा आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई समेत बलियो बनाएको छ।
पछिल्लो समय आधुनिक मनोरञ्जनका माध्यम बढ्दै गए पनि मुगुका स्थानीयवासीले देउसी–भैलीमार्फत आफ्नो मौलिक कला, संस्कृति र परम्परालाई निरन्तरता दिइरहेका छन्।

इरानसँगको कूटनीतिक वार्तामा थोरै प्रगति भएको रुबियोको भनाइ

दीपावलीमा पनि सेवामा खटिए कृष्णनगरका विद्युत् कर्मचारी, नागरिकको घर उज्यालो बनाउन दिनरात सक्रिय

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

गरिब तथा असहाय बालबालिकालाई लक्षित गर्दै रोहिणीमा बालबगैँचा कार्यक्रम सुरु
अरुपनि पढ्नुहोस
सबै
जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पुरुषको मृत्यु

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको छ : रुबियो
















