Opens in a new tab

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

नवलपुर टुडे

2.3KShares

सारांश

  • चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गमा दुईतर्फी सडक अवरुद्ध भएको छ।
  • आइतबार बिहान करिब १० बजे गएको पहिरोका कारण सडकमा सवारीसाधन रोकिएका छन् र यात्रुहरू अलपत्र परेका छन्।
  • जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ र थप पहिरो नखसेमा सडक चाँडै सञ्चालनमा आउनेछ।
dida bag ad

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आइतबार बिहान करिब १० बजे पहिरो खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार, पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।