यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई

नवलपुर टुडे

सारांश
- नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा आयोजित बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ।
- वर्षाका कारण हङकङसँगको अन्तिम खेल पूरा हुन नसकेपछि नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो।
- प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हात पार्दा दुई खेल वर्षाका कारण रद्द भएका थिए।

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । आइतबार (कात्तिक २२) हङकङसँगको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।
६ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल गर्यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
नेपालले सिरिजको पहिलो खेलमा थाइल्यान्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो ।
तेस्रो खेलमा नेपालले हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले चौथो खेलमा पुनः थाइल्यान्डमाथि ५२ रनको जित निकालेको थियो । नेपालले पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको थियो ।
नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन ।
प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्यान्ड गरी चार टोली सहभागी थिए ।

ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँमा बङ्गलादेशको राष्ट्रिय एकता दिवस मनाइयो

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
अरुपनि पढ्नुहोस
सबैएनआरएनए यूएईको राहत तथा उद्धार समितिको जिम्मेवारी ज्ञानेन्द्र गुरुङलाई

जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

भोटेकोशी बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा ‘द सनसाइन फ्लड’

आज धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै
















