घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

रासस

सारांश
- पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ।
- आइतबार बिहान खसेको पहिरोका कारण अवरुद्ध बनेको यातायात दिउँसो १२ बजे एकतर्फी र २:१५ बजेदेखि पूर्ण रूपमा दुईतर्फी सुचारु भएको छ।
- सो क्षेत्रको भूगोल कमजोर भएकाले जुनसुकै बेला पुनः पहिरो जान सक्ने जोखिम अझै कायम रहेको सम्बन्धित अधिकारीले बताएका छन्।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आइतबार (कात्तिक २२) बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो । दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।
सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर पौडेलले जानकारी दिए ।
सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।
झन्डै ३५ मिटरमाथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । उक्त ठाउँमा भित्तो नकाटिएको भए पनि आफैँ माथिबाट पहिरो खसेको नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले बताए ।
उक्त ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए ।

इरानसँगको युद्ध सैन्य रूपमा समाप्त भएको ट्रम्पको दाबी

बालकको मृत्युपछि पटाका पड्काउनेमाथि निगरानी बढाउँदै प्रहरी

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

प्रहरी सहायक हबलदार गुरुङ मृत फेला

चाडपर्वले प्रेम, सद्भाव र आपसी विश्वास सुदृढ बनाउँछ : रवि लामिछाने
अरुपनि पढ्नुहोस
सबै
रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र नष्ट, राजधानीमा विस्फोटका आवाज

डडेल्धुराका युवा पुष्पखेतीतर्फ आकर्षित, कम लगानीबाट राम्रो आम्दानी

प्रेम, परिवार र राजनीतिक उतारचढाव समेट्दै सोनिया गान्धीले ल्याइन् संस्मरण

मकै र भटमासको मूल्य बढ्दा पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
















