Opens in a new tab

नेपाल यादव सेवा समितिद्वारा सुनसरीका १२ पत्रकारसहित तीन सयभन्दा बढी व्यक्तित्व सम्मानित

देवराजा यादव

972Shares

सारांश

  • नेपाल यादव सेवा समिति सुनसरीद्वारा इनरुवामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका तीन सयभन्दा बढी व्यक्तित्व सम्मानित भएका छन्।
  • सम्मानित हुनेहरूमा पत्रकारिता क्षेत्रका १२ जनासहित कोशी प्रदेशसभा सदस्य, गाउँपालिकाका उपाध्यक्षहरू र ४५ जना चिकित्सक रहेका छन्।
  • कानुनी, सामाजिक, स्वास्थ्य तथा विभिन्न पेशामा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै आपसी एकता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ।
dida bag ad

सुनसरी । नेपाल यादव सेवा समिति, जिल्ला कार्यसमिति सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा क्रियाशील यादव समुदायका १२ जना पत्रकारसहित तीन सयभन्दा बढी व्यक्तित्वलाई सम्मान गरेको छ।

समितिको आयोजनामा सुनसरी सदरमुकाम इनरुवामा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा पत्रकारिता, स्वास्थ्य, कानुन, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुने पत्रकारहरूमा जयकृष्ण यादव, प्रमोद कुमार यादव, दीपेन्द्र यादव, गणेश कुमार यादव, देवराज यादव, निरजकुमार यादव, ममता कुमारी यादव, विनायक प्रसाद यादव, सन्तोष यादव, सितेश दाससहित १२ जना रहेका छन्। उनीहरूले सुनसरीका विभिन्न स्थानमा रहेर पत्रकारितामार्फत समाजका सवाल, जनताका आवाज तथा समसामयिक विषयलाई उजागर गर्दै आएका छन्।

त्यसैगरी, कोशी प्रदेशसभा सदस्य रामदेव यादव, कोशी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी यादव र देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवसमेत सम्मानित हुनुभएको छ।

कानुनी तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने अधिवक्ता लखनलाल यादव, लेखापढी कानुन व्यवसायी रामकुमार यादव, विनोद यादव, मधु यादव, बालेश्वर यादव र ओमप्रकाश यादवसहित विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ।

त्यस्तै, डा. धनराज यादव, डा. बसन्त यादवसहित ४५ जना चिकित्सकलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल यादव सेवा समिति सुनसरीका कार्यवाहक अध्यक्ष ओमप्रकाश यादवले विभिन्न क्षेत्रमा रहेर समाज र समुदायको हितमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो। उहाँले सम्मानित सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा पनि समाजप्रतिको जिम्मेवारी र योगदानलाई निरन्तरता दिन आग्रह गर्नुभयो।

समितिले आयोजना गरेको उक्त कार्यक्रममा तीन सयभन्दा बढी व्यक्तित्वलाई विभिन्न विधा तथा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको जनाएको छ।

कार्यक्रमले यादव समुदायभित्र रहेका प्रतिभा, सामाजिक योगदान र पेशागत सक्रियतालाई प्रोत्साहन गर्नुका साथै आपसी एकता, सद्भाव र सामाजिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।

अरुपनि पढ्नुहोस

सबै