मुक्ति समाज भोट बैक मात्र बन्न नहुने बक्ताहरुको जोड

नवलपुर टुडे

सारांश
- दलित समुदायमाथिको जातीय तथा वर्गीय असमानता र विभेद अन्त्य गर्न दलित अगुवाहरूले संगठित हुनुपर्नेमा जोड दिएका छन्।
- कानuni रूपमा विभेद निषेध भए पनि व्यवहारमा लागु नभएको र दलहरूले दलितलाई भोट बैंकका रूपमा मात्र प्रयोग गरेको गुनासो गरिएको छ।
- आगामी मंसिर १९ र २० गते हुने अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड गरिनुका साथै मुक्ति समाजलाई व्यवस्थित बनाउनुपर्ने औंल्याइएको छ।

रामबहादुर गन्धर्
बुटवल, २२-कात्तिक । सामाजिक ,सांस्कृतिक ,आर्थिक मानसिक रूपमा दलित माथि बर्षरूदेखि हुँदै आएको जातीय बर्गिय असमानता निर्मुल पार्न संगठित हुनुपर्नेमा दलित अगुवाहरूले जोड दिएका छन् ।
शुभ दिपावली,छठ पर्वर नेपाल संवत् ११४६ को अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन। साथै उनिहरूले कानुनी रूपमा विभेद गर्न नहुने ब्यस्था भएपनि ब्यवहारमा पुर्ण रूपमा नभएको भन्दै अब दलितहरू भोट बैंकका रूपमा मात्रै प्रयोग नहुने बताउदै निर्वाचनका बेला संगठनलाई सक्रिय बनाउने र निर्वाचनपछि निष्क्रिय बन्नुले पार्टी र संगठनमा नकारात्मक असर परेको उनिहरूको भनाइ रहेको थियो ।
यसैबीच समाजले बैठकमा निर्णय गर्दै आउदो मंसिर १९/ २०गते आयोजना गरिने अधिवेशनका लागि भब्य ,शब्य रूपमा सम्पन्न गर्न जिम्मेवारीको बाँडफाँड समेत गरेको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव छबिलाल बिश्वकर्माले पार्टीको भातृ संगठनका रूपमा रहेको मुक्ति समाजलाई अझै ब्यवस्थित गर्नुपर्ने बताउदै दलितहरूको अधिकार प्रत्यायोजन गर्न पार्टी ,राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए।
मुक्ति समाजका केन्द्रीय पदाधिकारी ,संगठनका पदाधिकारी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण बिश्वकर्माको अध्यक्षता उपाध्यक्ष पुर्ण परियारको तथा सचिव दिलबहादुर परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

नेपाल यादव सेवा समितिद्वारा सुनसरीका १२ पत्रकारसहित तीन सयभन्दा बढी व्यक्तित्व सम्मानित


कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : प्रधानमन्त्री पत्नी

यू–१९ महिला क्रिकेटको उपाधि नेपाललाई
अरुपनि पढ्नुहोस
सबै
ट्र्याक्टरको ठक्करबाट प्रहरी जवानको मृत्यु

घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

पूर्वी अफगानिस्तानमा सडक दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँमा बङ्गलादेशको राष्ट्रिय एकता दिवस मनाइयो
















