रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

नवलपुर टुडे

सारांश
- झापामा रोगको सङ्क्रमण र विषादीको अत्यधिक प्रयोगका कारण ‘मौरी दिदी’ भनेर चिनिने देवीकुमारी दाहालसहितका किसानहरूको व्यावसायिक मौरीपालन व्यवसायमा ठुलो क्षति पुगेको छ।
- सरकारबाट प्रोत्साहनको अभाव, चरन क्षेत्रमा विषादीको प्रयोग र उत्पादित महको बजार व्यवस्थापनको चुनौतीले गर्दा मौरीपालक किसानहरू पेसाप्रति निरुत्साहित बन्दै गएका छन्।
- व्यवसायीहरूले मौरीपालन क्षेत्रको जगेर्नाका लागि स्थानीय तथा प्रदेश सरकारले किसानमैत्री कार्यक्रम ल्याउनुपर्ने र महको ब्रान्डिङ तथा बजारीकरणमा सहयोग गर्नुपर्ने माग गरेका छन्।

झापा । ‘मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उनको ५० घारमा मात्र मौरी बाँकी छन् ।
अठार वर्षअघि रु एक हजारको लगानीमा दुई घार मौरीबाट व्यावसायिक मौरीपालनमा होमिएकी उनको समूहसँग कुनै बेला ९०० घारसम्म मौरी थिए । वार्षिक १० हजार केजी शुद्ध मह उत्पादन गर्दै आएको उनले स्मरण गरिन् ।
मौरीपालनकै कारण राष्ट्रपति पुरस्कारसमेत पाएकी उनी रोगको सङ्क्रमण र बजारको समस्या चुनौती बनेर खडा भएपछि अब मौरीपालनलाई निरन्तरता दिन कठिन भइरहेको बताउँछिन् ।
“रोग सङ्क्रमणले ठुलो क्षति भयो”, उनी भन्छिन्, “ठुलो लगानी डुब्दा व्यवसायलाई निरन्तरता दिन कठिन भइसक्यो । किसानलाई प्रोत्साहन गर्ने र बजार सुनिश्चित गर्ने वातावरण नै छैन ।
मौरीपालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि पछिल्ला दिनमा रोग सङ्क्रमण, विषादीको प्रयोग, सरकारी प्रोत्साहनको अभाव र बजार व्यवस्थापनको चुनौतीले किसान निरुत्साहित हुन थालेका छन् ।
कनकाईका भुवन अधिकारीले १०० घार मौरीपालनबाट वार्षिक रु २० लाख आम्दानी गर्दै आएको बताए । कनकाई मौरीपालन उद्योगका सञ्चालक उनले व्यावसायिक मौरीपालनले लगानीअनुसारको प्रतिफल दिन नसकेको गुनासो सुनाए ।
चरनमा गएका मौरी विषादीका कारण मरेर नफर्किने र सरकारी निकायले प्रोत्साहन नदिने हुँदा किसान चिन्तित बनेको उनको भनाइ छ । उनले मौरीपालन व्यवसायलाई जगेर्ना गर्न स्थानीय तह र प्रदेश सरकारले किसानमैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
शिवसताक्षी नगरपालिकामा अहिले पनि किसानले मौरीका दुई हजारभन्दा बढी घारबाट मह उत्पादन गरिरहेको कृषि शाखा प्रमुख रविन भट्टराई बताउनुहुन्छ । मौरीपालनप्रति किसानको आकर्षण घट्दै जानुमा रोग सङ्क्रमण, विषादीको प्रयोग र बजारको समस्या नै प्रमुख कारण रहेको छ ।
वार्षिक दुई हजार केजीससम्म मह उत्पादन गर्दै आएएको शिवसताक्षीका किसान नन्दकुमार दङ्गालले खेतबारीमा जथाभाबी विषादीको प्रयोगले मौरीपालन व्यवसायमा ठुलो सङ्कट निम्तिएको बताए । किसानले भोगिरहेका समस्याको समाधान गर्दै महको बजारीकरण, ब्रान्डिङ र प्याकेजिङमा सहयोग पुर्याउनसके मौरीपालन व्यवसायलाई थप व्यवस्थित गर्न सकिने शिवसताक्षी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्निप्रसाद दुलालको धारणा छ ।

विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान

तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

यमपञ्चकको चौथो दिन : आज गाईपूजा मनाइँदै

मुक्ति समाज भोट बैक मात्र बन्न नहुने बक्ताहरुको जोड
अरुपनि पढ्नुहोस
सबै
पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

नेपाल यादव सेवा समितिद्वारा सुनसरीका १२ पत्रकारसहित तीन सयभन्दा बढी व्यक्तित्व सम्मानित


कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ : प्रधानमन्त्री पत्नी
















