Opens in a new tab

विजयनगरमा पनि मनाइयो धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिव

धर्मेन्द्र कुमार कुर्मी

399Shares

सारांश

  • कपिलवस्तुको विजयनगर गाउँपालिकामा गणेशपुर आयुर्वेद शाखाको आयोजनामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ।
  • वक्ताहरूले आयुर्वेद चिकित्सा पद्धति हाम्रो मौलिक उपचार प्रणाली भएकोले यसको संरक्षण, प्रवर्द्धन र उपयोगमा जोड दिएका छन्।
  • कार्यक्रममा रोग लाग्नै नदिन स्वस्थकर खानपान, नियमित योग, व्यायाम र स्वस्थ जीवनशैली अपनाउनुपर्नेमा विशेष जोड दिइएको थियो।
dida bag ad

कपिलवस्तु । विजयनगर गाउँपालिकामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइएको छ । गाउँपालिकाको गणेशपुर आयुर्वेद शाखाको आयोजनामा धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै विजयनगर वार्ड नम्बर ७ का अध्यक्ष चौधरीले आयुर्वेद चिकित्सा पद्धति हाम्रो मौलिक उपचार प्रणाली भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र उपयोगमा जोड दिनुपर्ने बताए ।

उनले स्वस्थ जीवनशैली अपनाउन सके विभिन्न रोगबाट बच्न सकिने धारणा राखे । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष हृदय विकास चौधरीले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन स्वस्थकर खानपान, नियमित योग तथा व्यायामलाई प्राथमिकता दिनुपर्ने बताए । उनले आयुर्वेदिक उपचार पद्धतिको महत्त्व गाउँस्तरसम्म पुर्‍याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा परशुराम चौधरी, रमेश्वर चाैधरीले पनि आयुर्वेद चिकित्सा पद्धति र प्राकृतिक उपचारको महत्त्वबारे आफ्नो धारणा राखेका थिए । धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा आयुर्वेद चिकित्सा पद्धतिको महत्त्व, स्वास्थ्यप्रति सचेतना र स्वस्थ जीवनशैली अपनाउने विषयमा जोड दिइएको छ ।

आयुर्वेद शाखाकी कर्मचारी सुकमाया गुरुङकाे स्वागत मन्तव्य र वरिष्ठ कविराज निरीक्षक बिला कुमारी चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।