सरकारको कार्यशैलीले देश अधिनायकवाद र फासीवादतर्फ धकेलियो : पोखरेल
संबाददाता

सारांश
- एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीले देशलाई अधिनायकवाद र फासीवादतर्फ धकेलेको गम्भीर आरोप लगाएका छन्।
- सरकार बाह्य शक्तिको प्रभावमा पर्दा मुलुकको संवेदनशील भूराजनीतिक अवस्था र लोकतन्त्रको भविष्यमाथि खतरा उत्पन्न भएको उनको भनाइ छ।
- नागरिकका लोकतान्त्रिक अधिकार, सञ्चारमाध्यम, विद्यार्थी तथा पेसागत संघसंस्थाका गतिविधिमाथि सरकारले हस्तक्षेप गरेकोमा उनले आपत्ति जनाएका छन्।

बुटवल । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीले देशलाई अधिनायकवाद र फासीवादतर्फ धकेलिरहेको आरोप लगाएका छन् । सरकारले नागरिकका लोकतान्त्रिक अधिकारमाथि नियन्त्रण गर्न खोजेको, सञ्चारमाध्यममाथि हस्तक्षेप गरेको र राज्यका संवैधानिक निकायलाई दबाबमा राखेको उनको दाबी छ ।
सोमबार प्रेस चौतारी रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले सरकार, संसद् र संवैधानिक निकायहरू अस्तित्वमा रहे पनि मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र लोकतन्त्रको भविष्यमाथि गम्भीर प्रश्न उठेको बताए । वर्तमान सरकारको कार्यशैलीले देशलाई संकटतर्फ धकेलिरहेको उनको भनाइ थियो ।
“देशलाई अधिनायकवाद र फासीवादतर्फ जानबाट रोक्न लोकतान्त्रिक अधिकार र संस्थाहरूको संरक्षण आवश्यक छ,” उनले भने ।
पोखरेलले सरकार बाह्य शक्तिको प्रभावमा परेको आशंका व्यक्त गर्दै सरकारको नेतृत्व र कार्यशैलीले नेपालको संवेदनशील भूराजनीतिक अवस्थालाई जोखिममा पारेको टिप्पणी गरे ।
उनले विश्वविद्यालय तथा क्याम्पसमा विद्यार्थी संगठनका गतिविधि नियन्त्रण गर्न खोजिएको र गृह मन्त्रालयमार्फत पेसागत संगठनहरूलाई समेत गतिविधि नगर्न पत्राचार गरिएको भन्दै आपत्ति जनाए । पत्रकारलाई सञ्चारगृहबाटै पक्राउ गर्ने तथा जिम्मेवार पदमा रहेका व्यक्तिहरूबाट पत्रकारलाई धम्की दिने काम भएको आरोप पनि उनले लगाए ।
उनले राज्य सञ्चालनमा देखिएको कार्यशैलीको आलोचना गरे । कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधि र अभिव्यक्तिले शासन व्यवस्था अपरिपक्व ढंगले सञ्चालन भइरहेको देखाएको टिप्पणी गरे ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















