मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार

नवलपुर टुडे

सारांश
- हेटौँडा–१५ भोर्लेस्थित एक किराना पसलको दराजबाट करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई सुरक्षित रूपमा उद्धार गरिएको छ।
- उद्धार गरिएको उक्त सर्पलाई डिभिजन वन कार्यालय मकवानपुरसँगको समन्वयमा मानव बस्तीबाट टाढा सुरक्षित जङ्गलमा छाडिएको छ।
- सर्पले टोकेमा झारफुक वा घरेलु उपचार नगरी तत्काल नजिकको स्वास्थ्य संस्थामा जान र सर्पलाई नमारि संरक्षण गर्न सुझाव दिइएको छ।

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५ भोर्लेस्थित एक किराना पसलबाट राजगोमन सर्प (किङ्घ कोब्रा) को सुुरक्षित उद्धार गरिएको छ । स्थानीय महेन्द्र दोङको पसलको दराजमा भेटिएको करिब ११ फिट लामो विषालु राजगोमन सर्पलाई उद्धारकर्ता राजेश थापा ‘गरिब’ र रोशन थापा ‘दीप’ ले करिब आधा घण्टाको प्रयासपछि सुुरक्षित उद्धार गरेका हुन् ।
पसलको दराजमा सर्प देखिएपछि स्थानीय वडा सदस्य सिंहबहादुरले उद्धारकर्ता राजेश र रोशनलाई खबर गरेसँगै उनीहरूले राजगोमनलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन् ।
सर्पलाई धपाउने उद्देश्यले पेट्रोल वा डिजेल प्रयोग गर्नु जोखिमपूर्ण हुने बताउँदै उहाँले सामान्य अवस्थामा रहेको सर्पले समेत आफूलाई खतरा महसुस गरेमा आक्रमण गर्न सक्ने भएकाले यस्तो गतिविधि नगर्न आग्रह गरे ।
वडा सदस्य सिंहबहादुरले स्थानीयवासीको सहयोगमा उद्धार गरिएको राजगोमनलाई मानव बस्तीबाट टाढा जङ्गलमा सुरक्षित रूपमा छाडिएको उद्धारकर्ता रोशनले बताए ।
आफूहरूले हालसम्म १६ पटक राजगोमनको उद्धार गरिसकेको बताउँदै उनले हेटौँडासहित मकवानपुरगढी, बकैया र बागमती गाउँपालिकाका विभिन्न स्थानबाट राजगोमन उद्धार गरिएको बताए ।
यसअघि १४औँ पटकको उद्धारका क्रममा आफूूलाई बकैया र बागमती गाउँपालिकाको सीमावर्ती क्षेत्रमा राजगोमनले टोकेको बताए । राजगोमन विश्वकै सबैभन्दा लामो विषालु सर्प भएको बताउँदै उनले यसको विषले स्नायु प्रणालीमा गम्भीर असर पुर्याउन सक्ने बताए ।
उनका अनुसार गोमनको टोकाइबाट मानिसको ज्यानसमेत जान सक्छ । यद्यपि, राजगोमनले सामान्यतया मानिसलाई आक्रमण गर्न खोज्दैन । खतरा महसुस गरेमा भने आफ्नो सुरक्षाका लागि आक्रामक बन्न सक्छ ।
सर्पलाई मार्नुको सट्टा उद्धार गरी प्राकृतिक वासस्थानमा फर्काउनुपर्ने उल्लेख गर्दै उनले वातावरणीय सन्तुलन कायम राख्न र खाद्य शृङ्खलालाई व्यवस्थित बनाउन सर्पको महत्वपूर्ण भूमिका हुने भएकाले यसको संरक्षण आवश्यक रहेको बताए ।
मकवानपुरमा राजगोमनका अतिरिक्त मोनोसेलेट कोब्रा, स्पेक्टाकल्ड कोब्रा, बेन्डेड करेट, कोरल स्नेक, ग्रिन पिट भाइपर र रेडनेक किलब्याकलगायतका विभिन्न प्रजातिका सर्प पाइन्छन् । सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न आवश्यक रहेको बताइन्छ ।
सर्पको उद्धारपछि डिभिजन वन कार्यालय मकवानपुरसँगको समन्वयमा सुरक्षित वासस्थानमा छाड्ने गरेको उनले जानकारी दिए ।


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना

बिर्तामोडमा आगलागीबाट ६ करोड बराबरको क्षति

आज तीनवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना

औद्योगिक विकास र व्यापार सहजीकरणका लागि ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना
अरुपनि पढ्नुहोस
सबै
चौँरी गोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

झापाको सानो माईखोलाको बगरमा बदाम खेती

कर्णालीको गौरव: धमाधम निर्माण हुँदै प्रशासनिक भवन
















