कावासोतीबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

नवलपुर टुडे

सारांश
- नवलपुरको कावासोतीबाट प्रतिबन्धित लागुऔषध गाँजासहित एक ४८ वर्षीय पुरुष पक्राउ परेका छन्।
- पसलभित्र लुकाईछिपाई राखिएको अवस्थामा प्रहरीले एक किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको छ।
- पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ।

कावासोती । नवलपुरमा प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा कावासोती नगरपालिका- १५ गैरीटोलस्थित बस्ने बर्ष ४८ का बुद्धी राम गुरौ रहेका छन ।
प्रहरीका अनुसार उनले आफ्नै खाजा तथा किराना पसलमा लागुऔषध बिक्रि वितरण गर्ने गरेको भन्ने सुचनाका आधारमा प्रहरी टोली खटिगई खोजतलास गर्दा लुकाई छिपाई पसलमा राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा १ के.जी.१३८ ग्राम फेला पारी निज बुद्वीराम गुरौलाई नियन्त्रणमा लिएको नवलपुर टुडेलाई प्रहरीले जनाएको छ ।
निजलाई लागुऔषत सम्बब्धी कसुरमा सम्मानित नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

हटायो टिकटकले नेपालका २० लाखभन्दा बढी भिडियो

नेपाल सम्बत् न्हूदँ बुद्धिचाल बुधबार देखि

एनपीएल : जनकपुरले खोल्यो जितको खाता, काठमाण्डू आठ विकेटले पराजित

भूमिहीन र सुकुम्बासीकाको काम तत्कालै सुचारु गर्ने – सरोकारवालाको प्रतिबद्धता

काँग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यले लिए शपथ
अरुपनि पढ्नुहोस
सबै
एनपीएल : विराटनगर किंग्स र कर्णाली याक्स तथा जनकपुर बोल्ट्स र काठमाण्डू गोर्खाज भिड्दै

सिंगा–तातोपानी कुण्डमा प्राकृतिक उपचार गराउनेको घुइँचो

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

मुस्ताङमा एक अर्ब १४ करोड बढीको स्याउ उत्पादन
















