लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान रिहा

नवलपुर टुडे

सारांश
- लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान र वाजिउद्दिन मुसलमान मंगलबार दिउँसो प्रहरी नियन्त्रणबाट रिहा भएका छन्।
- पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा पक्राउ परेका उनीहरू आगामी दिनमा शान्तिपूर्ण विरोध गर्ने सहमति भएपछि रिहा भएका हुन्।
- लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै महाअभियानले चरणबद्ध आन्दोलन गर्दै आएको छ।

लुम्बिनी । लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खान रिहा भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले नियन्त्रणमा लिएका खान मंगलबार दिउँसो रिहा भएका हुन् । उनीसँगै पक्राउ परेका वाजिउद्दिन मुसलमान पनि रिहा भएका छन् ।
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको महाअभियानका संयोजक खानसहित दुई जनालाई रुपन्देही प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको थियो । उनीहरूलाई भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षणपछि राति नै जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।
उक्त अभियानले सोमबार साँझ लुम्बिनीको पर्साचोकमा पर्यटनमन्त्री पौडेलको पुत्ला दहन गर्दै उनको राजीनामा माग गरेको थियो । सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको थियो ।
प्रहरीसँगको छलफलका क्रममा आगामी दिनमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने, लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण विरोध गर्ने सहमति भएको छ ।
मंगलबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाइ फकरुद्दिन खानको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गायिकासमेत रहेकी बौद्ध भिक्षु आनीलाई ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
आनी लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले स्थानीयको भावना र बौद्ध दर्शनको मर्मविपरीत नियुक्ति गरिएको भन्दै यो निर्णय कार्यान्वयन हुन नसक्ने बताउँदै चरणबद्ध रूपमा आन्दोलन गर्दै आएको छ । संयोजक खानले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने बताए ।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















