कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ बिहीबार हुने

नवलपुर टुडे

सारांश
- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम आगामी कार्तिक १२ गते हुने भएको छ।
- ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो २ बजे आयोजित समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ गराइनेछ।
- गत असोज १६ गतेदेखि काठमाडौंमा भएको महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेकोमा उनले यसअघि नै पदभार ग्रहण गरिसकेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम कार्तिक १२ गते हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबार दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुनेछ। कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ।
समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै शपथग्रहण गराइनेछ।
गत असोज १६ गतेदेखि काठमाडौंमा भएको कांग्रेसको १५औँ महाधिवेशनले गगन थापालाई सभापति र विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापतिमा चयन गरेको थियो। सभापति थापाले भने यसअघि नै शपथग्रहण गरी पदभार ग्रहण गरिसकेका छन्।

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण

रास्वपाको नेतृत्वमा तीनै तहको सरकार बनाउनुपर्नेमा जोड, ३५ जना पार्टी प्रवेश

प्रशंसा पत्रसहित प्रहरी निरीक्षक भरत के.सी.लाई मोटरसाइकल हस्तान्तरण


नवलपरासीबाट भन्सार छलीका विभिन्न सामान नियन्त्रणमा
अरुपनि पढ्नुहोस
सबै

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन : डोनाल्ड ट्रम्प

राष्ट्रपति पौडेलद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना

बझाङ जिप दुर्घटना अपडेट: मृतक र घाइतेको सनाखत
















