दुई दिनमा सशस्त्र प्रहरीले दियो एक हजारभन्दा बढीलाई निःशुल्क बस सेवा

नवलपुर टुडे

सारांश
- सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकामा दशैँ लक्षित सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई दिनमा एक हजारभन्दा बढी यात्रु लाभान्वित भएका छन्।
- उपत्यकाभित्र चक्रपथ र मुख्य मार्गहरूमा सञ्चालित उक्त बस सेवा बिहान ८ देखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि उपलब्ध गराइएको छ।
- सार्वजनिक यातायातको अभाव कम गर्न घटस्थापनादेखि पूर्णिमा र तिहारसम्म उपत्यकाबाहिर लामो दूरीमा समेत निःशुल्क बस सेवा सञ्चालन गरिएको छ।

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले दशैंका लागि लक्षित गरी काठमाडौँ उपत्यकामा सञ्चालन गरेको निःशुल्क बस सेवामार्फत दुई दिनमा एक हजारभन्दा बढी यात्रुले सेवा लिएका छन् ।
सशस्त्रका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले सोमबार ४५० जना र मङ्गलबार ६१३ जना सर्वसाधारणले उक्त सेवा लिएको जानकारी दिए। उनका अनुसार सुरुमा तीन दिनका लागि निःशुल्क सुरु गरिएको उक्त सेवा आवश्यकताका अनुसार थप एक दिन थप गर्न सकिनेछ ।
सशस्त्रले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणका लागि सोमबारदेखि २ वटा निःशुल्क बस सञ्चालन गरिरहेको छ । यो सेवा बिहान ८ः०० बजेदेखि बेलुकी ६ः०० बजेसम्म सञ्चालन भइरहेको छ । उपत्यकामा सञ्चालित बसमध्ये एउटा बस कलंकीदेखि बल्खु हुँदै कोटेश्वरसम्म तथा अर्कोबस बालाजु र नयाँ बसपार्क हुँदै चक्रपथमा सञ्चालन भइरहेको छ ।
सशस्त्र प्रहरीले दशैं तथा तिहारको अवसरमा यात्रुको यात्रालाई सहज बनाउन उपत्यका बाहिर सशस्त्र प्रहरी परिवारसहित अन्यका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको जनाएको छ।
दशैंको घटस्थापनादेखि पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौँबाट झापाको काँकरभिट्टा र कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुई वटा बस बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी र उनीहरुका परिवार तथा अन्यका लागि निःशुल्क सञ्चालन भइरहेको जनाइएको छ ।
दशैंको समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्ने उद्देश्यले यो सशस्त्र प्रहरी बल, नेपाले यो सेवा सञ्चालन गरेको हो ।

वीरगञ्जमा चाँदीका सामग्रीसहित दुईजना पक्राउ

यस्ता छन् कर्णाली प्रदेश सरकारका पाँच निर्णय

चीनको निजी रकेटबाट १८ भू–उपग्रह प्रक्षेपण, थप ६८ वटा यसै वर्ष प्रक्षेपण गर्ने योजना

मुस्ताङ–डोल्पा सडक स्तरोन्नति गर्न ११ करोड बजेट

आँखा स्वास्थ्य सेवामा लगानी बढाउने मुख्यमन्त्री आचार्यको प्रतिबद्धता
अरुपनि पढ्नुहोस
सबै
व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्कीसहित ५ करोड माग

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौँ पठाइयो

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक
















