गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी शाहबीच भेटवार्ता

नवलपुर टुडे

सारांश
- गृहमन्त्री सुधन गुरुङ र भारतका केन्द्रीय गृहमन्त्री अमित शाहबीच नयाँदिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ।
- भेटका क्रममा सुरक्षा सहकार्य, सीमा व्यवस्थापन, अन्तरदेशीय अपराध नियन्त्रण र विपद् पूर्वतयारीका विषयमा छलफल भएको छ।
- गृहमन्त्री गुरुङले नेपालमा बाढीपहिरोका बेला भारतले पुर्याएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।
काठमाडौ|। गृहमन्त्री सुधन गुरुङले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।
भेटमा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले समयमै उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हित हुने व्यावहारिक सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















