पाकिस्तानमा रेल दुर्घटना : ६ जनाको मृत्यु, ३० घाइते

एजेन्सी

सारांश
- पाकिस्तानको पञ्जाब प्रान्तमा भएको रेल दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
- कराँचीबाट पेशावरतर्फ जाँदै गरेको रहमान बाबा एक्सप्रेसका सबै १४ वटा डिब्बा पटरीबाट खसेका हुन्।
- प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उद्धार कार्य तिब्र पार्न र घाइतेलाई उपचार दिन निर्देशन दिएका छन्।
पाकिस्तान। पञ्जाब प्रान्तमा मंगलबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
कराँचीबाट पेशावरतर्फ गइरहेको रहमान बाबा एक्सप्रेस मुल्तानस्थित शेर शाह पुलनजिकै पटरीबाट खसेको हो । प्रहरीका अनुसार दुर्घटना स्थानीय समयअनुसार बिहान करिब ५ः१५ बजे भएको थियो ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइतेलाई तत्काल उचित उपचार उपलब्ध गराउन सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गर्ने अपेक्षा गरिएको छ ।पाकिस्तानमा यसअघि पनि ठूला रेल दुर्घटना भएका छन् ।
सन् २०२३ को अगस्टमा सिन्ध प्रान्तको नवाबशाहनजिकै हजारा एक्सप्रेस रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पाकिस्तानको रेल सुरक्षा र मर्मतसम्भार व्यवस्थामाथि प्रश्न उठेका थिए।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















