वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

रासस

सारांश
- वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा दीपक श्रीपाली, नेहा अधिकारी, सुमन योङहाङ र सुस्मिता नेपाली रहेका छन् जसले पीडितहरूबाट टर्की, बेलायत र दक्षिण कोरिया पठਾउने भन्दै रकम उठाएका थिए।
- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रણમાં लिई थप अनुसन्धान अगाडि बढाएको छ।
काठमाडौँ। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु ८० लाख ४८ हजार ठगी गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार दीपकले टर्की पठाइदिने भन्दै एक पीडितबाट रु दुई लाख ४८ हजार, नेहाले बेलायत पठाइदिने भन्दै रु ६७ लाख, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै रु छ लाख र सुस्मिताले बेलायत पठाइदिने भन्दै रु पाँच लाख लिएको आरोप छ ।
चारै जनाले गरी रु ८० लाख ४८ हजार ठगी गरेको आरोप लागेको छ । उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

एनपिएलका लागि क्यानले तोक्यो टिकट मूल्य

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

दसैँको दोस्रो दिन पनि रोकिएन विदेशिने युवाको लर्को, रित्तिँदै गाउँघर

म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

खोटाङको मंगलटारमा आगलागी हुँदा, दुई घर जलेर नष्ट
अरुपनि पढ्नुहोस
सबै
हिमाली जिल्ला मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

बाँकेमा आगजनीबाट डेढ करोडभन्दा बढीको क्षति

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान

बुलिङटारमा कुटपिटबाट १ जना घाइते, कुटपिट आरोपमा ६ जना पक्राउ
















