Opens in a new tab

नवलपुरमा कांग्रेस इतर समूहले तोक्यो क्षेत्र र नगरका संयोजक

नवलपुर टुडे

3.4KShares

सारांश

  • नवलपुरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहले संगठनात्मक गतिविधि तीव्र पार्दै विभिन्न तहका लागि संयोजकहरू तोकेको छ।
  • क्षेत्र नम्बर १ मा शशि किरण बस्ताकोटी र क्षेत्र नम्बर २ मा राजु पाण्डेलाई क्षेत्रीय संयोजकको जिम्मेवारी दिइएको छ।
  • कांग्रेसको १५औँ महाधिवेशनको तयारी स्वरुप प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहहरूमा समेत लक्षित संयोजकहरू चयन गरिएको छ।

नवलपुर । नवलपुरमा नेपाली कांग्रेसको संस्थापन इतर समूहले नवलपुरमा क्षेत्रीय, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहका संयोजक तोकेका छन ।

सो समूहले नवलपुर क्षेत्र नम्बर १ को क्षेत्रीय संयोजकमा शशि किरण बस्ताकोटी र क्षेत्र नम्बर २ को संयोजकमा राजु पाण्डेलाई जिम्मेवारी तोकिएको छ।

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र १ ‘क’ को संयोजकमा विवेक न्यौपाने र क्षेत्र १ ‘ख’ को संयोजकमा विक्रम कँडेललाई तोकिएको हो ।

स्थानीय तहतर्फ गैँडाकोट नगरपालिकाको संयोजकमा शालिग्राम घिमिरे, बुलिङटारको संयोजकमा खिमबहादुर नेपाली र कावासोतीको संयोजकमा मणि भुसाललाई जिम्मेवारी दिइएको जिल्ला सह-संयोजक राजन सुवेदीले नवलपुर टुडेलाई जानकारी दिए ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीका क्रममा संस्थापन इतर समूहले संगठनात्मक गतिविधि अघि बढाउन विभिन्न तहमा संयोजक तोकेको छ ।

अरुपनि पढ्नुहोस

सबै